राष्ट्रिय सौन्दर्य कर्मी युनीयन नेपालद्धारा शुभकामना तथा सम्मान कार्यक्रम

नेपालगन्ज ,अशोज, २४-
राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपाल बाँकेद्वारा अाज नेपालगन्जमा एक कार्यक्रम गरी विजया दशमी , शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना अादान प्रदान तथा सम्मान कार्यक्रम गरेको छ ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट अावद्द सौन्दर्य कर्मीहरुको संगठनले उक्त कार्यक्रमको अायोजना गरेको थियो । कार्यक्रमको अध्यक्षतामा राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपाल बाँके कि अध्यक्ष गिता भण्डारी , प्रमुख अतिथिमा राष्ट्रिय स्वास्थ्यकर्मी युनियन कि केन्द्रीय सदस्य निर्मला मल्ल , अतिथिहरुमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक टि-एन-रावत, बरिस्ठ युनियन सञ्जालका सदस्य केशव गिरी, जिफन्ट प्रदेश सदस्य पूर्ण बहादुर के-सी-, पूर्णचन्द्र उपाधयाय, सुमन गिरी लगायतका हुनुहुन्थ्यो ।

कार्यक्रममा पुराना सक्रिय युनियन कर्मीहरु पूर्ण बहादुर के-सी-, पूर्णचन्द्र उपाध्याय, केशव गिरी, टि-एन-रावतलाई सौन्दर्यकर्मी युनियन नेपाल बाँकेले सम्मान गरेको थियो । सौन्दर्य कर्मी बाँके कि अध्यक्ष भण्डारीका अनुसार बाँके जिल्लामा अाफन‍ो संगठनको बिस्तार गरिरहेको बताउनु भयो । कार्यक्रम न्यु गुड अाइ-टि-सी- ट्रेनिङ सेन्टर सेतु विक चोकको हलमा गरिएको थियो ।