‘साग’का चार खेलको लागी टिकट मूल्य निर्धारण

काठमाडौं,मंसिर,९-

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलसहित चार खेलको टिकट मूल्य निर्धारण गरेको छ ।राखेपले फुटबलसहित भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि टिकट निर्धारण गरेको हो ।

सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।यस्तै, भलिबल र बास्केटबलको टिकट मूल्य ५ सय राखिएको छ ।क्रिकेटको टिकट मूल्य २ सय देखि ५ सयसम्म पर्नेछ ।

समूह चरणको खेलका लागि २ सय र सेमिफाईनल र फाईनलका लागि ५ सय टिकट मूल्य राख्ने तयारी गरिएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ ।

‘चार खेलको टिकट मूल्य निर्धारण गरिएको छ ।’ राखेप सदस्य सचिव रमेश सिलवालले अन्य खेलका बिषयमा संघहरुसंग छलफल गरिरहेका छौ ।चाँडै टिकट लाग्ने मूल्य र टिकट दर टुङ्गो लगाउँछौ ।

राखेपले यसअघिनै प्रतियोगिताको प्रशारण अधिकार भारतीय कम्पनी नक्षत्र न्युजलाई बेचिसकेको छ ।प्रतियोगिताका अधिकांश खेल नेपाल टेलिभिजनमा प्रत्यक्ष हेर्न पाईनेछ ।प्रशारण अधिकार किनेर नक्षत्र खेलहरुको प्रत्यक्ष प्रशारणका लागि नेपालका टेलिभिजनसंग छलफल गरिरहेको छ ।खेलपाटी