फोरम र राजपालाई उम्मेदवार जोगाउन कठिन

काठमाडौं,कार्तिक,१३-

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा निकै प्रतिस्पर्धात्मक रहेको दुई नम्बर प्रदेशको उम्मेदवार चयनको विषय निकै जटिल बन्दै गएको छ ।

दलका उम्मेदवारका आकांक्षी धेरै छन् भने वाम गठबन्धनसँग बलिया उम्मेदवार धेरै छन् । जसका कारण उम्मेदवार चयनका विषयमा दुवै पक्ष एक अर्कालाई पर्खिंदै छन् ।

दुई नम्बर प्रदेशमा मधेसवादी दलका असन्तुष्ट उम्मेदवारलाई वाम गठबन्धनले टिकट दिने तयारी गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।