डेल्टा कम्प्युटर ट्रेनिङ सेन्टरको वार्षिकोत्सब विविध कार्यक्रम गरी सम्पन्न

नेपालगन्ज,असार,२७-

बाँकेको नेपालगन्जमा रहेको डेल्टा कम्प्युटर ट्रेनिङ सेन्टरले अाफनो ६ अौं वार्षिकोत्सब अाज विविध कार्यक्रम गरि सम्पन्न गरेको छ ।
नेपालगन्जमा रहेको अोम पार्टी प्यालेस होटलमा डेल्टाले अाफनो वार्षिकोत्सब डेल्टाका सञ्चालक समितिका अध्यक्ष ईन्जिनियर दिपेश महतोको अध्यक्षतामा गरेको थियोे ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा कम्प्युटर एसोसिएसन बाँकेका संस्थापक अध्यक्ष तथा क्यान नेपालका सदस्य ईश्वरी प्रसाद पोखरेल , अतिथिहरुमा क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सिना , पुस्तक तथा स्टेसनरी व्यावसायिक महासंघका प्रदेश नं ५ का अध्यक्ष बसन्त लामिछाने , क्यान बाँकेका पूर्व अध्यक्ष गोपाल गिरी लगायतका बिशिस्ट व्यक्तिहरु, अभिभावक , विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा बोल्दै क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सिनाले अहिले अाई टी को माग बढी भएकोमा यसमा अध्ययन गर्न उपस्थित विद्यार्थीहरुलाई अाग्रह गर्नु भएको थियोे ।

त्यसैगरी प्रमुख अतिथि पोखरेलले उपस्थिति सबैलाई अाजको जमाना भनेको कम्प्युटरको जमाना भएको हुदा सके लामो अवधिको कोर्ष गर्ने अार्थिक नभए डिप्लोमा तथा वेसिक लेभलको तालिम अनिवार्य लिनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा बिचमा विभिन्न सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गरिएको थियोे भने उपस्थित अतिथिहरुलाई मायाको चिनो दिएर सम्मान गरिएको थियोे ।

कार्यक्रमको अन्त्यमा बोल्दै डेल्टा ईन्स्टिच्युटका सञ्चालक ईन्जिनियर दिपेश महतोले यहाँहरु सबैको माया र सहयोगले डेल्टा अाज यश अवस्थामा अाई पुगेको र अागामी दिनहरुमा पनि निरन्तर सहयोग गर्नु हुनेछ भन्दै उपस्थिति सबैलाई हार्दिक धन्यवाद दिनुभएको थियोे । उक्त वार्षिकोत्सब कार्यक्रम सञ्चालन कम्प्युटर एसोसिएसन बाँकेका सचिव शिशिर श्रेष्ठले गर्नुभएको थियोे ।