नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि मनाईयो जनयुद्ध दिवस

बाँके,फाल्गुन,१-

आज बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा २४ अौं जनयुद्ध दिवस भव्य रुपमा मनाईएक‍ो छ ।अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा क्याम्पसमा उल्लेख्य बिद्यार्थीहरु बिच उक्त दिवस मनाईएक‍ो थियोे ।

कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारीका ईकाइ अध्यक्ष नवराज योगी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा हाल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सदस्य नरेन्द्र न्यौपानेको प्रमुख अतिथिमा उहाँले उपस्थित दुबै संगठनका अगुवा बिद्यार्थी नेता तथा बिद्यार्थीहरुलाई प्रशिक्षण समेत दिनु भएको थियो ।

उक्त कार्यक्रममा अतिथिका रुपमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तुल्सी मणि के(सी(, अनेरास्ववियुका बाँके जिल्ला अध्यक्ष नेता मोहित शाही, नेता टेकेन्द्र मल्ल , प्रकाशमान सिंह, अखिलका ईकाइ अध्यक्ष नवराज योगी, उपाध्यक्ष लोकेश शाही लगायतका बिद्यार्थी नेताहरुको उपस्थित रहेको अनेरास्ववियुका जिल्ला अध्यक्ष मोहित शाहीले बताए ।

उक्त कार्यक्रम सञ्चालन अनेरास्ववियु हेमेन्द्र शाहीले गरेका थिए । कार्यक्रममा क्याम्पसमा विभिन्न संकायमा अध्ययनरत बिद्यार्थीहरुको उल्लेख्य सहभागी रहेको अखिलका महेन्द्र बहुमुखी क्याम्पसका ईकाइ उपाध्यक्ष लोकेश शाहीले बताए ।