रोल्पामा कोरोना परीक्षण गर्ने किट नभएपछि ७ हजार बढी जाॅंच नगरि घर पठाईयो

रोल्पा,बैशाख,३०-रोल्पा जिल्लामा स्वास्थ्य जाॅंत नगरी साढे ७ हजार जनालाई घर पठाईएको छ।रोल्पाका विभिन्न क्वारेन्टिनमा राखिएका व्यक्तिलाई स्वास्थ्य परीक्षण नै नगरी धमाधम घर पठाइएको हो ।

अहिलेसम्म त्यस्ता ७ हजार ७ सय २१ सर्वसाधारणलाई कोरोनाको परीक्षण नै नगरी घर पठाइसकिएकाे छ। कोरोना परीक्षण गर्ने किट अभाव भएपछि क्वारेन्टिनमा बसेकालाई स्वास्थ्य जाँच नगरी घर पठाउन थालिएको वडा नं ४ का वडाध्यक्ष नवराज आचार्यले बताउनुभयो ।

‘जिल्ला बाहिरबाट आएकाहरुलाई १४ दिन क्वारिन्टनमा राखेर एक साता घरमा सेल्फ आइसोलेसनमा रहन भनेका छौं,’ आचार्यले भने। कोरोना भाइरस आरडिटी किट अभाव भएपछि सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाइएको जनस्वास्थ्थ प्रमुख अनिल केसीले बताउनुभयो ।

लकडाउन अवधिभर काठमाडौं लगायत अन्य स्थानबाट हजारौं मजदुर जिल्ला आएका थिए।कोभिड –१९ को आशंकामा सोमबारसम्म २८ हजार ८८७ जनाको सामान्य जाँच गरिएको छ। १ हजार ५ सय ७६ क्वारेन्टिन बेड रहेको रोल्पामा हालसम्म १८७ महिला र २९२ पुरुष क्वारेन्टिनमा रहेको जिल्ला प्रशासनले कार्यालयले जनाएको छ। आज मात्रै ३१० जना घर फर्किएका छन् भने १७ जना थपिएका छन्। रासस