नेपालद्वारा इरान ३-० ले पराजित

फाइनल पुग्न भारत र म्यानमारको खेल कुर्नु पर्ने

काठमाडौं,फाल्गुन,१-

भारतमा जारी हिरो महिला गोल्डकप फुटबल  लिग चरणको अन्तिम खेलमा  बिहिबार नेपालले इरानलाई  ३-० गोलले पराजित गरेको छ ।भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो ।

प्रतियाेगितामा २ खेल हारिसकेकाे इरान विरूद्द नेपालले सुरूवात देखि आक्रामक फुटबल खेलेपनि तीन वटा उत्कृष्ट माैका गुमायाे । सुरूवातमा ५ वटा डिफेन्डरलाइ मैदानमा उतारेकाे इरानले खेल अगाडी बढ्दै गएपछि फरमेसन परिवर्तन गरेकाे थियाे । त्यसकाे विपरीत नेपालले आफ्नाे आक्रमणलाइ कायमै राख्याे ।

४१ औं मिनेटमा इरानको डिफेन्सलाई छिचोल्दै अनिता बस्नेतले गोल गर्न सफल भइन । त्यसपछि पनि नेपालकाे हेडकाे प्रयासलाइ इरानकी गाेलकिपरले बचाइन । त्यसपछि ५९ अाैं मिनेटमा सावित्रा भण्डारीले गाेल गर्दै अग्रता दुइ शुन्यमा पुर्याइन ।

नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरिन् ।अनिता बस्नेतले खेलको ४१औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्रा भण्डारीले ५९ औं र ८९ औं मिनेटमा गोल गरेपछि नेपाल ३–० ले विजयी भयो ।

जितसँगै नेपाल आफ्नो समूहको दोस्रो स्थानमा उक्लिएको छ । नेपालले तीन खेलमा दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको म्यानमारको दुई खेलबाट ६ अंक छ । शीर्ष दुईमा पर्ने टिम फाइनलमा प्रवेश गर्ने छन् ।

नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसँग पराजित भए पनि दोस्रो खेलमा घरेलु टोली भारतलाई २–१ ले पराजित गर्दै उच्च मनोबल बनाएको थियो । यता इरानले भने सबै खेलमा हार ब्यहोरेको छ ।

अब नेपालले तालिकामा ६ अंक बनाएकाे छ । तर फाइनल प्रवेशका लागि म्यानमार र भारतकाे खेल कुर्नुपर्नेछ । साे खेलमा भारतले जितेमा नेपाल, म्यानमार र भारत बिचकाे हेड टु हेडबाट फाइनल पुग्ने टिमकाे टुंगाे लाग्नेछ । भारत हारेमा नेपाल साेझै फाइनलमा पुग्नेछ । भारत र म्यानमारबीचको खेल पनि बुधबार नै राति ७ बजेर १५ मिनेटमा सुरु हुदैछ ।