गायक प्रमोद डिजिको नयाँ गीत “बाजा बजाउने” सार्बजनिक

नेपालगन्ज,फाल्गुन,१-
नेपाली साङ्गितिक क्षेत्रमा करिव १ दशक लामो समय व्यतित गरेका गायक प्रमोद डिजिको यसै हप्ता बिल्कुलै नयाँ फरक गीत” बाजा बजाउने” नेपाली साँगितिक बजारमा सार्वजनिक भएको छ।

टंक तिमिल्सिनाको लय शब्द रहेको उक्त गीतमा आवाज प्रमोद डिजि र भिमा पुनको रहेको छ। जसमा एरेन्ज केशव बडुको रहेको छ भने मिक्सिङ्ग कुमार रानामगरले गरेका छन। गीतको रेकर्डिङ कार्य काठमाडौंमा रहेको मारुनी रेकर्डिङ स्टुडियोमा भएको हो।

आफ्नो १ दशकको साङ्गितिक यात्रामा धेरै संघर्ष गर्दै यहाँ सम्म आउँदा आफ्नै गृह जिल्लाबाट भने जस्तो साथ नपाएको गायक डिजिले बताए। साथै अबका दिनहरुमा आफू अगाडि बढ्न मिडियाको ठूलो हात हुने भएकोले सम्पुर्ण मिडियालाई साथ दिन अनुरोध पनि गायक डिजिले गरेका छ्न।

सुन्दा फरक अनि नाँचम नाँचम लाग्ने गीत”बाज बजाउने”को अडियो उनले आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरेको बताए। साथै यस गीतको भिडियो चाँडै बजारमा ल्याउने समेत जनाएका छन।
( गीतको  सम्पुर्ण युनिटलाई बिहानी अनलाईन तर्फबाट सफलताको कामना गर्दछौँ)