क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश कार्कीको इजलासमा

काठमाडौं,भाद्र,२१-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको छ।

लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कारको मुद्दा परेको थियो।उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ।यही भदौ १० गते सो मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी रहेको थियो। तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।त्यसपछि अदालतले आज भदौ २१ गते बिहिबारका लागि अर्को पेसी तोकेको हो।

बिहिबार न्यायाधीश कार्कीको इजलासमा क्रमसङ्ख्या ३ मा पेसी तोकिएको हो।भदौ १० गतेको पेसीमा हेर्न नभ्याउने भएपछि लामिछाने भदौ ११ गते एसिया कप त्रि,केट खेल्न पाकिस्तान गएका थिए।लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो।यसअघि सो मुद्दा पटक-पेसीमा चढिसकेको छ।