टाटासुमो र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको खुट्टा भाँचियो

ओखलढुंगा,भदौ,१३-
सिद्धिचरण राजमार्ग अन्तरगत ओखलढुंगाको मानेभञ्ज्याङ गाँउपालिका ६ स्थित हिलेपानीमा टाटासुमो र मोटरसाईकल एकआपसमा ठोकिदाँ एकजना घाईते भएका छन् ।

बुधबार दिउसो कटारीबाट ओखलढुंगा आउदै गरेको ना १ ज ३८८७ नम्बरको टाटासुमो र बिपरित दिशाबाट आउदै गरेको बा ९६ प ३३११ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकल चालक मानेभञ्ज्याङ गाँउपालिका ६ हिलेपानी निवासी २७ बर्षिय राजेश राई घाईते भएका हुन् ।

राईको दुर्घटनामा परी दाहिने खुट्टा भाँचिएको छ । उनको उदयपुरको घुर्मी स्थित मेडिकलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय ओखढुंगाले जनाएको छ । दुर्घटनापछि सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा अन्य क्षती भने भएको छैन । दुर्घटना तिब्र गतिका कारण भएको प्रहरीको अनुमान छ ।