भिन्चीको मोनालिशा लिएर फर्किए गायक भलाकाजी राई

ओखलढुंगा, भाद्र १४-
राष्ट्र प्रति सर्मपित राष्ट्रिय गीत “भिन्चीको मोनालिशा जस्तै मेरो प्यारो नेपाल” लिएर गायक भलाकाजी राई बजारमा आएका छन् । लामो समय पछि राष्ट्रिय भावना समेटिएको यस गीत लिएर गायक राई बजारमा आएका हुन् ।

खोटाङको राखाबाङदेलमा जन्मिएका गायक राई केही समय गीतसंगीत देखी टाढा रहेका थिए । फेरी गीतसंगीतलाई निरन्तर्ता दिने बिचारले राष्ट्रिय गीत लिएर बजारमा आएको उनि बताउँछन् ।

राष्ट्रिय भावले भरिएको यस गीतमा गायक राईले लय, शव्द र स्वर दिएका छन् साथै लय संयोजनमा जिबन राईले साथ दिएका छन् । भिडियोमा फुल्देको आमा, झनक कार्कि, देवराज गुरुङ्ग, सुमन मोक्तान, बिमल राई, चुडामणी फुयाल,उषा मगर, बबिता मगर,समृद्धि पन्त,सरस्वती पोखरेल र पबित्रा कर्मचार्यको अभिनय रहेको छ ।

(भिडीयो हेर्नुहोस्)

भिडियोको निर्देशन निर्देशक केशव काईरालाले गरेका छन् भने गंगाराम राईको छायांकन तथा सम्पादन रहेको छ । गाउँले ईन्टरटेन्टमेन्टले दृष्य निर्माण गरेको यस म्युजिक भिडियोलाई गाउँले ईन्टरटेन्टमेन्टको युटुव च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

नेपालीहरुमा राष्ट्रियताको मोह भन्दा पनि ब्यक्तीबादी मोह हाबी हुन लागेको देखेर राष्ट्रिय गीत लिएर यो क्षेत्रमा फर्किएको गायक राईका भनाई छ । सानै उमेर देखि नेपाली गीतसंगीतमा रुचि राख्ने गायक राईले धेरै गीतहरुमा स्वर भरिसकेका छन् ।