उपाधिको लागि बुधबार होलिल्याण्ड मावी र एबिसी भिड्दै

नेपालगन्ज,फाल्गुन,७-
नेपालगन्जमा जारी मेयर कप टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको फाइनल प्रतिस्पर्धाका लागि होलिल्याण्ड मावि र एबिसी मावि भिड्ने भएका छन् ।आइतबार सम्पन्न खेलमा होलिल्याण्ड सेमिफाइनलमा पुगेको थियो भने सोमबारको खेलमा एबिसी विजयी हुँदै फाइनलका लागि भिड्ने भएको हो ।

सोमवार आदर्श माविलाई ८ विकेटले पराजित गर्दै एबीसी फाईनलमा प्रवेश गरेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको आदर्शले निर्धारित २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय १८ रन बनाएको थियो । आदर्शका लागि अनील खड्काले २७, युवराज शर्माले २६ र विज्ञान सुवेदीले २४ रनको योगदान दिएका थिए ।

सोमबारको खेलमा एबीसीका सदाब अन्सारी म्यान अफ द म्याच घोषित भएका थिए ।
म्यान अफ द म्याचको पुरस्कार नेपालगन्ज मल्टिपल क्याम्पसका सहायक प्रमुख थमन केसी लगाएत अन्य विशिष्ट व्यक्तिद्वारा बितरण गरिएको थियो।
अब खेलको उपाधिका लागि बुधबार होलिल्याण्ड मावी र एबिसीबिच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक मेराज अन्सारीले जानकारि दिए।