माघ ५ गते अवधी पत्रकार संघ नेपालको स्थापना दिवस तथा केन्द्रीय साधारणसभा हुने

नेपालगंज,माघ,३-

अवधी पत्रकार संघ नेपालको १० औं स्थापना दिवस तथा केन्द्रीय वार्षिक साधारणसभा यही माघ ५ गते नेपालगञ्जमा हुने भएको छ । माघ ५ गते जिल्ला समन्वय समिति बाँकेको सभाहलमा हुने दशौं स्थापना दिवस तथा वार्षिक साधारणसभाले अवधी भाषा र समुदायको बिकासमा पत्रकारिताको माध्यमबाट योगदान पु¥याएका एक जना क्रियाशिल पत्रकारलाई सम्मानित समेत गरिने छ ।

संघका संस्थापक अध्यक्ष सूर्यलाल यादवद्धारा आफ्नी स्वर्गीय आमाको नाममा स्थापना गरिएको ग्रामीण सरस्वती देवि यादव पत्रकारिता पुरस्कारले एक जनालाई सम्मानित गर्ने संघका अध्यक्ष राकेश कुमार मिश्रले जानकारी दिनुभयो ।

स्थापना दिवस तथा वार्षिक साधारणसभामा अवधी भाषाको संरक्षण, अवध क्षेत्रका समुदायको बिकास र वर्तमान अवस्थामा अवधी भाषी पत्रकारको अवस्थाका बिषयमा समेत छलफल हुने उपमहासचिव गुरुमुरत यादवले बताउनुभयो ।

त्यस्तै बाँके, बर्दिया, दांङ्ग, कपिलबस्तु, रुपन्देही र नवलपरासीमा रहेको जिल्ला शाखाका प्रनिनिधिहरुको सहभागिता रहने कार्यक्रममा संघीय सरंचना अनुसार कार्यसमिति पनि बनाउने तयारी गरिएको जनाइएको छ ।