बाँकेमा कांग्रेसका मेयर उपमेयर जनताको घरदैलोमा

स्वागतसहित मत दिने पुर्ण आश्वासन

मधुपौडेल,
नेपालगञ्ज ,जेष्ठ ३१ –

नेपाली कांग्रेस बाँकेका तर्फबाट सार्वजनिक उम्मेदवारहरुलाई स्थानीयले न्यानो स्वागत गरेका छन् । नेपाली काँगे्रस बाँकेका तर्फबाट नेपालगञ्जका मेयर पदका उम्मेदवार शुरेश कुमार कनोडिया र उपमेयर उम्मेदवार उमा थापासहितका उम्मेदवारहरुले आज विहान वडा न १८ कारकाँदोका विभिन्न टोलहरुमा घरदैलो गर्दै मत मागेका छन् ।

वडा कार्यालय कारकाँदो प्रचार प्रसार समितिको पहलमा गरिएको घरदैलो अभियान अन्तगर्त मेयरका उम्मेद्धार कनोडीया, उपमेयर उम्मेद्धार थापालाई स्थानीयवासीले भव्य स्वागत गर्दै समस्या समाधानको पहल गरिदिन समेत आह्वान गरेका छन् ।

विशालनगर, भुजईगाउँ, नागरिक टोल, लग्दहवा गाउँ, पशुपतिनगर, कारकादो चौक लगायतका क्षेत्रमा पुगेका उम्मेद्धारहरुलाई स्थानीयले बाटोघाटो, डुवान, शिक्षा, स्वास्थ्यको सवाल र मुद्धा सम्वोधनको माग गरेका छन् । मेयर उम्मेदवार कनोडियाले काँगे्रसले नै स्थानीय तहलाई अझैं सशक्त र प्रभावकारी बनाउने भन्दै विजय भएमा सो समस्या हल गर्ने विश्वास दिलाउनु भयो ।

सोही अवसरमा २५ जना स्थानीय जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । यसैवीच मेयर उम्मेदवार डा कनोडीयाले नेपालगन्ज्लाई समुन्नत शहरका रुपमा विकास गर्न सक्ने खाका र योजना आफुसँग रहेको बताउनु भयो । रफत सञ्चार क्लवले आज विहान नेपालगञ्जमा आयोजना गरेको मेयर उम्मेद्धारस गरेको साछात्कारमा उहाँले सो कुरा बताउनु भएको हो ।

नगरमा वृहत सडक सञ्जाल निर्माण, ढल निकासको उचित व्यवस्था, फोहोर मैला व्वस्थापन लगायतका विषयलाई प्राथमिकतामा राखीएको जनाउँदै मतदान गरेर विजयी बनाउन अनुरोध गर्नु भयो । यसैवीच डा कनोडीयाले अपरान्ह ४ वजे नेपाल स्वास्थ्यकर्मी संघमा आवद्ध स्वास्थ्यकर्मीसाग भेटघाट तथा अन्तरक्रिया गदैहुनुहुन्छ ।