माओवादी केन्द्रको पक्षमा बाँकेमा युवाहरुको ब्यापक जनलहर

 मधुपौडेल,

बाँके,जेठ,३१-
आगामी असार १४ गते हुन गैरहेको दोश्रो चरणको स्थानीय तहको निर्वाचन तयारी सँगै माओवादी केन्द्रका पक्षमा ब्यापक जनलहर देखिन लागेको छ ।

माओवादी केन्द्रले कोहलपुर नगरपालिकाको प्रमुख पदमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष एवं पार्टीका युवा नेता नरेन्द्र न्यौपानेलाई उम्मेदवारको रुपमा अगाडि सारेपछि कोहलपुरको विकास निर्माण सहित संवृद्ध कोहलपुर बनाउन सक्ने योग्य, सक्षम र भिजन भएको पढेलेखेको युवा भन्दै विभिन्न पार्टीमा आवद्ध रहेका युवाहरु मओवादी केन्द्रमा प्रवेश गर्न थालेका छन् ।

राजनीतिक आस्थाको अन्धभक्त लेपले पोतिएको सोचाईबाट संवृद्ध कोहलपुरको विकास हुन नसक्ने भन्दै युवाहरु नरेन्द्र न्यौपानेको नेतृत्वमा मात्र कोहलपुरको विकास र संवृद्धि हुन सक्ने भन्दै मंगलबार कोहलपुर नगरपालिका – १३ को नयाँ बस्तीबाट जय बहादुर बस्नेत,गंगा राम सुनार , ओम प्रकास बस्नेत, धन बहादुर बस्नेत, शोनु राना, भरैयाबाट दिपशन वली ,खकेन्द्र वली ,दाउनाबाट जसे बाँठा लगायतका युवाहरु नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

उनीहरु सबैले सक्षम युवा नेतृत्व नै कोहलपुरको विकासको आवश्यकता हो । त्यो आवश्यकता नरेन्द्र नयौपाने बाहेक अरु बाट हुन नक्ने ठहर गरी माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् ।

पार्टी प्रवेश सहितको कोणसभामा कोहलपुर नगरपालिका प्रमुख पदका उम्मेद्वार नरेन्द न्योपानेले ‘संवृद्ध कोहलपुर नगरपालिका ’ बनाउने माओवादी केन्द्रको प्रतिवद्धता पुरा गराउन कै लागि माओवादी केन्द्रले सक्षम युवा नेतृत्व अगाडि सारेकोले त्यसलाई विजयी बनाउनु युवाहरुको दायित्व भएको बताए ।

अबको विकास र संवृद्धि युवाको नेतृत्वमा मात्र संभव हुने भन्दै युवाहरुलाई स्वरोजगारको ग्यारेण्टी गराउन सक्ने आफू सँग स्पष्ट कार्ययोजना रहेको समेत न्यौपानेले बताए ।

त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै उप–प्रमुख पदकी उम्मेदवार देवी कुमारी थारुले माओवादी पार्टीले सम्पूर्ण थारु, महिला ,जनजाती ,मधेशी, मुस्लीम आदि समुदायहरुको मुद्दालाई संवैधानिक रुपमा नै संविधानमा ग्यारेण्टी गराएकाले सबैको अधिकारको रक्षा र संरक्षण गर्ने पार्टी माओवादी नै भएको बताइन् ।

उनले विषेष गरी थारु समुदायको अधिकार संरक्षण पनि माओवादी पार्टीले मात्र गर्न सक्ने बताउँदै माओवादी केन्द्रको सबै उम्मेदवारहरुलाई गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्हमा मतदान गर्न आग्रह समेत गरिन ।

घरदैलो अभियानमा सहित पार्टी प्रवेश तथा कोणसभा कार्यक्रममा ओम प्रकाश के.सी., साबित्रा पुन ,सुरेन्द्र बहादुर थापा ,माओवादी केन्द्रका वडा न. १३ का वडा अध्यक्षका उम्मेदवार गगन सिंह राना लगायतका नेताहरुको उपस्थितिमा रहेको थियो ।