महाकाली नदीमा बाँध बनाउने कामबाट पछि हट्यो भारत

महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

दार्चुला,मंसिर,२२-नेपाल-भारत सीमा सुरक्षा बैठक बुधबार भारतको धार्चुलाको एनएच पीसीमा समपन्न भएको छ ।

आज भएको बैठकमा महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको छ।महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुष्टि गर्नुभयो ।

भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाधेको थियो।आजको बैठकले तारजालीसहितको अस्थायी बाँध हटाउने सहमति भएको हो।

यस्तै भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरहरूले अनुगमन गर्ने भएका छन् ।