साफ यू–१८ महिला च्यम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने

खेल नेपाली समयअनुसार सवा ७ बजे सुरु हुने

फाईल तस्विर ।।

काठमाडौं,चैत,१-साफ यू-१८ महिला च्याम्पियनसिपमा आज मंगलबार  नेपाल र भारतबीचको खेल हुँदैछ।

खेल भारतको जमसेदपुरमा हुनेछ।भारत र नेपालको खेल नेपाली समयअनुसार बेलुका सवा ७:१५ बजे सुरु हुनेछ।

मंगलबारदेखि सुरु हुने यो प्रतियोगिता १० दिनसम्म चल्नेछ। डबल राउण्ड रोबिनको फरम्याटमा हुने प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ।

नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।उता भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

प्रतियोगितामा आयोजक भारत, नेपाल र बैगलादेशले भाग लिएका छन्। नेपालले बिहीबार बंगलादेशसँग खेल्नेछ। 

यू–१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार २३ सदस्यीय टोली घोषणा गरिसकेका छन् । टोलीको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा श्रीप्रकाश वैद्य रहेका छन् ।

नेपालीको टोलीको कप्तानी प्रिती राईले गर्नेछिन् । उनले सिनियर टोलीबाट पनि अनुभव बटुलिसकेका छन् ।

नेपालको २३ सदस्यीय नेपाली टोली
सावित्री किसान (गोलरक्षक), लिला जोशी (गोलरक्षक), पुजा थापा (गोलरक्षक), सविना चौधरी, मन्जु कुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दीपा शाही, हिमा रावत, सरस्वती हमाल, प्रीति राई, सुनकला राई, अन्जली मचामासी, सराह बज्राचार्य, जेनिफर राना, सरिश्मा थापा, सदिपा भोलान, कुसुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई रहेका छन् ।