५ दिन हुँदा पनी आगलागी घटनामा संलग्न फेला परेन

कैलाली,फागुन,३०-

कैलालीको लम्कीचुहा नगरपालीका ४ बलीयामा गत फागुन २५ गते
स्थानीय मान बहादुर चौधरीको एक खोका पसलमा भएको आगलागी घटनामा संलग्नको अझै पत्ता लाग्न सकेको छैन । खोका भित्र मान बहादुरकी ३२ बर्षिया श्रीमति सन्तोसी चौधरी,ढाई बर्षिया छोरा नेत्र बिक्राम चौधरी र ९ बर्षिया चौधरी छारी सुति रहेका थिए ।

आगोले मान बहादुर की श्रीमति सन्तोसीको अनुहार ,खुट्टा र स्थन जलेको छ । छोरा छोरीको खुट्टा जलेको छ । शरिरका बिभिन्न भाग जलेर सन्तोसीको अवस्था गम्भिर रहेको छ । स्थान जलेर ठुलो घाउ बनेको हुदा ढाई बर्षिया छोरो दुध खान नपाएर भोकले काकाकुल भएको मान बहादुरले दुखेसो गर्नु भएको छ ।

घट्ना भएको ५ दिन हुदा पनि प्रहरीले कुनै प्रतिक्रिया दिइएको छैन ।
ज्यान मार्ने प्रकृतिको मुद्धामा ईलाका प्रहरी कार्यलय लम्कीको चासो नगएको मान बहादुर बताउनुभयो ।उता ईलाका प्रहरी कार्यलय लम्कीमा प्रमुख नैन सिह साँउदले यहि घटनाको दोषि पहिचानको लागी अनुसान्धनमै लागेको जानकारी दिनुभयो  ।