कोठरी महोत्सवमा बालउद्यान राखीने

आर.के.शित्तल
दाङ, पुष ६ –दाङको डुरुवा ४ कोठरीमा हुने माघि विशेष सांस्कृतिक महोत्सवमा वालउद्यान राखीने भएको छ । पुष १२ देखी १७ गतेसम्म हुने माघी विशेष सांस्कृतिक महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै वालउद्यान पनि राखीने आयोजकले बताएको छ । “स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध नियन्त्रण गर्ने हाम्रो रहर” भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवमा मौतका कुवा, ढुंगा पीङ, झुला पिङ, जादु लगायत बालबालिकालागी विभिन्न मनोरञ्जनात्मक खेलहरुको व्यवस्था गरिने महोत्सवका संयोजक यामबहादुर पुनले जानकारी दिनुभयो । नव जागरण नेपाल दाङको आयोजना र नवश्रृजनसिल युवा क्लब तेघराको सहआयोजनामा हुन लागेको महोत्सवमा स्थानीयबासीहरुको माग अनुसार वालउद्यानको व्यवस्था गरिएको हो ।

महोत्सवमा नेपाली चलचीत्र एवं सांगीतीक क्षेत्र र हास्यव्यंग्य क्षेत्रका कलाकारहरुको प्रस्तुति रहने छ । जसमा नेपाली चलचीत्रकी चर्चीत एवं लोकप्रीय नायीका रेखा थापा, लोकदोहारी क्षेत्रका लोकप्रीय गायक पशुपति शर्मा, चर्चीत लोकदोहारी गायकहरु खुमन अधिकारी, खुमन अधिकारी, तीलक वली, हास्य कलाकारहरु सुरेन्द्र केसी (मुलासाग), जोगेन्द्र पानवाला, हर्के हवल्दार लगायतका कलाकारहर आउने कार्यक्रम रहेको महोत्सवका प्रचारप्रसार संयोजक आर.के. शीतलले जानकारी दिनुभयो । नायीका रेखा थापा पहिलोपटक औपचारिक कार्यक्रमकालागी दाङ आउन लागेको उहाँले जानकारी दिनुभयो ।