त्रिशुलीमा जीप खस्यो, सिंचाइ सचिव यादवसहित ३ बेपत्ता

काठमाडौं,माघ,२७-

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटस्थित सलाङघाटमा जीप दुर्घटना हुँदा तीन जना वेपत्ता भएका छन् ।

कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको बा १ झ ३१४० जीप आज बिहान पौने ३ बजेतिर त्रिशुलीमा खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सहित ३ जना बेपत्ता भएको गजुरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता भएकामा सचिव यादव, यादवका छोरा सन्तोष यादव र नाम नखुलेकी एक किशोरी समेत छन् ।

घाइते अवस्थामा रहेका चालक निराजन यादवलाइ उपचारका लागि काठमाण्डौं ल्याइएको छ । वेपत्ताको खोजीकार्य भइरहेको जनाइएको छ । थप विवरण आउन बाँकी रहेको छ ।नेपालवाणीबाट