पोखरेल समाजद्वारा नयाँ वर्षको भित्ते पात्रो प्रकाशित

नेपालगन्ज , बैशाख ,२२-


बाँके जिल्लामा रहेको पोखरेल बन्धुहरुले गठन गरेको पोखरेल समाज नेपालगन्ज बाँकेले नयाँ वर्ष २०७६ सालको भित्ते पात्रो अाज(आइतबार ) एक कार्यक्रम गरी विमोचन गरेको छ ।

अाज नेपालगन्ज उपमहानगरपालिका सेतु बि-क- चोक नजिकै रहेको होटल अप्सरामा उक्त क्यालेन्डर विमोचन गरिएको हो । कार्यक्रममा पोखरेल समाज बाँकेका सल्लाहकार तथा समाजसेवी ईश्वर पोखरेलले समाजलाई सक्रियताका साथ अगाडि बढाउनका लागि सम्पूर्ण पोखरेल बन्धुहरु लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

सल्लाहकार पोखरेलले अहिले समाज तदर्थ रुपमा गठन भएकोमा समाजलाई पहिला विधि सम्मत दर्ता प्रक्रियामा लैजानु पर्नेमा जोड दिनु भएको थियो । उहाँले क्यालेन्डर प्रकाशित गर्न अहोरात्र खट्ने समितिका सदस्यहरुलाई धन्यवाद दिनुभएको थियोे ।

कार्यक्रममा बोल्ने पोखरेल समाजका अधिकांश सदस्यहरुले पोखरेल समाजलाई नेपाल भरि नै चिनाउने गरी सामाजिक क्षेत्रमा पनि काम गर्नुपर्नेमा जोड दिएका थिए । समाज कि अध्यक्ष अछरी पोखरेलले समाजमा सामाजिक कार्य गर्नका लागि अार्थिक अावश्यक पर्ने भएको हुदा अार्थिक संकलन गर्नुपर्नेमा सबै पोखरेल बन्धुहरु लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रम समाजका सचिव विण्णु पोखरेलले सहजीकरण गर्नुभएको थियो ।