काँग्रेस जिताउन सबै एकजुट हुनुपर्ने नेता थानीको भनाई

नेपालगञ्ज, असार , ९-

नेपाली काँगे्रसका केन्द्रीय सदस्य हृदयराम थानीले नेपाली काँगे्रसलाई जिताउन सबै तिक्तता बिर्सीएर एकजुट भई मतदान गर्न आहवान गर्नु भएको छ ।

नेपालगञ्ज–१ स्थित विशाल चौकमा आयोजित नेपाली काँगे्रसको प्रचार प्रसार सभालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य थानीले काँगे्रस लोकतन्त्र र विकासको आधार स्तम्भ भएकाले जनताको त्यो अपार विश्वासलाई विजयमा परिणत गर्नु पर्ने दायितव काँग्रेसीको काँधमा आएको बताउनु भयो ।

काँगे्रस केन्द्रबाट स्थानीय तह निर्वाचनका लागि बाँके खटीएर आउनु भएका थानीले काँगे्रसको प्रतिष्पर्धा कसैसँग नभएको जीकीर गर्दै काँगे्रसीहरु एकजुट भएर प्रचार प्रसारमा लाग्न अपील गर्नु भयो ।

मधेशी, मुस्लिम, आदिवासी जनजातिलाई मिलाएर लैजान सक्ने पार्टी काँगे्रस नै भएकाले मत पनि सबैबाट आउने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

काँगे्रस केन्द्रीय सदस्य प्रदिप पौडेलले लोकतन्त्रको संस्थागत विकास र संविधान कार्यान्वयनका लागि काँगे्रसको जित अनिवार्य भएको बताउनु भयो ।

अतिवादी सोंच भएका व्यक्ति र पार्र्टीको कुनै स्थान नभएको भन्दै उहाँले काँगे्रस शिवाय अरु पार्टीले निकास र विकास दिन नसक्ने जिकीर गर्नु भयो ।

उपमहानगरपालिकाका मेयर उम्मेदवार डा सुरेश कनोडियाले नगरको विकासका लागि नै आफनो उम्मेदवारी भएकाले विजयी बनाउन आहवान गर्नु भयो । यस्तै उपमेयर उमा थापाले स्थानीय समस्या र सवालमा आफु जानकार भएकाले तीनको सही समाधान पनि गरिने जीकीर गर्नु भयो ।

काँगे्रस सभापति किरण कोइरालाले काँगे्रस नै सबैको हित गर्न सकने पार्टी भएकाले काँगे्रसका उम्मेदवारलाई जिताउन अपील गर्नु भयो । वडा अध्यक्ष उम्मेदवार सीता काफ्लेले महिलाले नि नेतृत्व गर्न सक्छन भन्ने उदाहरण देखाउन वडावासीलाई आग्रह गर्नु भयो ।

सांसद, पुर्व सांसद, अग्रज नेतागण लगायत कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको सभापछि उम्मेदवारहरु घरदैलोमा व्यस्त रहे । धम्वोझी शिव मन्दिर अनी घरवारी टोलमा पनि सभा गरिएको थियो ।