भागरथी भट्टको हत्यारा पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न राप्रपाको माग

फाईल तस्विर !!

काठमाडौं,माघ,२५-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै भागरथी भट्ट हत्या घटनाको सत्य तथ्य छानबिनगरि दोषी माथी कडा भन्दा कडा कारबाही गर्न सरकार संग माग गरेको छ ।

पछिल्लो समय ‘देशमा हत्या हिंसा र बलात्कारका घटना बढ्दै गइरहेको अवस्थाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी चिन्तित भएको छ । तरल राजनीतिक अवस्थाका कारण अपराधका घटना बढ्दै जाँदा यसले राज्यको सुरक्षा प्रणालीमाथि नै गम्भिर प्रश्न उब्जिएको ‘विज्ञप्तिमा भनिएको छ ।

बैतडी दोगडाकेदार गाउँपालिका वडा नं.७ की १७ वर्षीया किशोरी भागरथी भट्टको रहस्यमय हत्या भएको थियो।अहिलेसम्म भट्टको हत्यारा पत्ता नलाग्नु रहस्यमय, दुःखद भएको राप्रपाको भनाइ छ ।

घटनाको सत्य तथ्य छानबिन गर्न, दोषी पहिचान गर्न र कडा भन्दा कडा कारबाही गर्न सरकार समक्ष आग्रह गर्दै राप्रपाले स्व.भट्टको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा विज्ञप्ती मार्फत समवेदना समेत प्रकट गरेको छ ।

विज्ञप्ती