विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

फाईल तस्विर !!

काठमाडौं,माघ,२७-नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनु भएको छ। सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसअघि कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि यो पद रिक्त थियो।उहाँको कार्यकाल सकिएछी प्राधिकरणका सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई कार्तिक २४ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।

उहाँ निमित्त कार्यकारी निर्देशक हुनुभन्दा अघि प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत हुनुहुन्थ्यो।शाक्य प्रसारणलाइनका जानकार मानिनुहुन्छ।