जाजरकोटमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, ४१ जना घाईते

जाजरकोट,फागुन २६-
जाजरकोटमा आज बस दुर्घटना हुँदा २०  जनाको मृत्यु भएको छ भने ४१ जना  घाइते भएका छन् ।बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको छ ।

bus-aacident-jajarkot-1 जाजरकोटमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु,२० भन्दा बढी घाईतेदुर्घटनास्थलबाट २० जनाको शव निकालिएको भेरी अञ्चल प्रहरी प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी दिनुभयो । शाहका अनुसार बस दुर्घटनामा घाइते भएका लाई उपचारका लागि जिल्ला अस्पताल खलंगा लगिएको बताउनु भएको छ । दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ ।

bus-aacident-jajarkot-2 जाजरकोटमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु,२० भन्दा बढी घाईते घटनास्थलमा प्रहरीले मृतकका शवहरु संकलन भइरहेको छ । बस दुर्घटनास्थल सदरमुकाम भन्दा ३। ४ किलोमिटर टाढा भेरीमालिका नगरपालिका वडा नम्बर ४ मा पर्छ । बोहोरा गाउँको तल्लो मोहोडाबाट बस पासागाड खोलामा खसेको छ ।बसमा यात्रुहरु बढी भएकाले ‘ओभर लोड’ हुन गई ओरालो घुम्तीमा अनियन्त्रित भएको बताईएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।