
टोकियो,जेठ ३-महिला फुटसल एशियन कप चाईना २०२५ को उपाधी जापानले पहिलो पटक जितेको छ।यसअघी दुई पटक सम्म जापान उपविजेता बनेको थियो।
होहोट स्पोर्ट्स सेन्टर चाईनामा आज शनिवार दिन भएको फाईनल खेलमा जापानले थाईल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउदै उपाधी जितेको हो।
निकै प्रतिस्पर्धा भएको खेलमा निर्धारित समय सम्म दुवै टिमबाट ३-३ गोलको बराबरी भए संगै खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
पेनाल्टि सुटआउटमा थाईल्याण्डका खेलाडीले गोल गोल गर्न नसक्दा उपाधी जित्न बाट बञ्चित भएको हो।थाईल्याण्डका दुई खेलाडीको पेनाल्टी जापानीज किप्परले रोकिदिएका थिए,भने एक खेलाडीले पेनाल्टी आउट हान्न पुगेका थिए।
यता जापानको खेलाडीले प्रहार गरेको पहिलो पेनाल्टि थाईल्याण्डका किप्परले रोकिदिएका थिए।सुरु देखीनै खेलमा वर्चश्व जमाएको थाईल्याण्डले पेनाल्टी किकमा फिनिसिङ गर्न नसक्दा रनअर अपमा चित्त बुझाएको छ।
यस्तै : महिला एशियन कप चाईना २०२५ को उत्कृष्ट गोलकिप्परमा भवे जापानका गोलकिप्पर नेने ईनोयूकि भए भने टुर्नामेण्टको उत्कष्ट खेलाडी भने जापानकै जर्सी नं: ७ का सारा ओईनो भएका हुन्।