पैदल यात्रीलाई मोटरसाईकलले ठक्कर दिँदा सख्त घाईते

नेपालगन्ज,अशोज,२५-
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १० सुर्खेतरोडमा पैदल हिडिरहेका पैदल यात्रीलाई सोही दिशा तर्फ गईरहेको मोटरसाइकलले ठक्कर दिदा दुई जना घाइते भएका छन् ।

स्थानीय नेपालगन्ज जमुना सडकमा बि-पी- चोक देखि जमुनाहा तर्फ पैदल यात्रा हिडिरहेका जिल्ला बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका बाबु गाउँ बस्ने बर्ष ४ महिनाकी बालिका अास्था चौहान, निज बालिकाकी अामा सामान्य घाइते र नेपालगन्ज उपमहानगरपालिका वडा नं १० बस्ने मिना रिजाललाई भे ६ प ८३८३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सख्त घाइते भएका थिए ।

घाइतेहरुलाई तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको ईमर्जेन्सी बिभागमा ल्याएर उपचार गरिरहेको अस्पतालले जनाएको छ । मोटरसाईकल चालक र मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी हवल्दार नरेश कुमार डाँगीले बताउनुभयो ।