वडादशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट खुल्यो

काठमाडौं,असोज,११-नेपालीहरुको महान चाड वडादसैंको लागि अग्रिम टिकट बुकिङ आजबाट खुलेको छ । दसैंमा काठमाडौं उपत्यका छोडेर आ आफ्नो थातथलो फर्कनेहरुको लागि टिकट बुकिङ खुलाइएको हो ।

यातायात व्यवस्था विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद गर्दा कोरोना संक्रमणको संभावना पनि कम हुन्छ ।

दसैँको समयमा बिचौलियाहरूबाट ठगिने संभावना रहेकोले सम्बन्धित टिकट काउन्टरको पोसाक लगाएका र परिचयपत्र भएका मानिसहरूबाट मात्रै टिकट काट्न पनि विभागले सर्वसाधत्रारणलाई आग्रह गरेको छ ।

विभागका अनुसार कोरोना महामारी र स्वास्थ्य मापदण्डलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट बस छुट्नेछन् । पश्चिममा चल्ने सवारीको टिकट नयाँ बसपार्कबाट काट्न सकिनेछ । पूर्वमा चल्ने सवारी साधनका लागि कोटेश्वर, चाबहिलबाट टिकट काट्न सकिनेछ ।