आर्थिक वर्ष २०७४-०७५ को ‘प्रिबजेट’ माथि छलफल अाज

काठमाडौं ,जेठ,९-

व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ । आजको संसद बैठकमा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक बजेट पूर्वको ‘प्रिबजेट’ छलफल सुरु हुँदैछ ।

संसद् सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सुरुमा बजेटका प्राथमिकता प्रस्तुत गर्नुहुनेछ । सरकारका तर्फबाट पेस भएका प्राथमिकतामा संसद्मा छलफल सुरु हुनेछ । सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार एक दिनमात्र बजेटको प्राथमिकतामा छलफल हुनेछ ।

बजेट पूर्वका छलफलका रुपमा यसअघिका वर्षमा कम्तीमा तीन दिनसम्म छलफलको प्रचलन भए पनि समय अभावका कारण यो वर्ष एकदिन मात्र छलफल हुने लागेको हो । छलफलपछि सरकारले सोही प्राथमिकताका आधार बजेटको तयारी गर्नेछ । संवैधानिक प्रावधानअनुसार जेठ १५ गते सरकारले सदनमा बजेट पेस गर्नेछ । बिहीबार सदनमा सरकारका तर्फबाट राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ ।

नीति तथा कार्यक्रममा पनि सदनमा जेठ ११ गतेको दोस्रो बैठकपछि दुई दिनसम्म छलफल हुनेछ । निर्वाचन आचारसंहिताका कारण यस पटकको बजेटमा कुनै पनि नयाँ योजना समावेश नहुने अर्थ मन्त्रालयले स्पस्ट पारिसकेको छ । पुरानै कार्यक्रममा आधारित रहेर बजेट ल्याउन लागिएको हो । नेपलवाणीवाट