विश्वकप फुटबलको छनोट : अहिले नेपाल र अष्ट्रेलीया भिड्दै (Live)

पहिलो हाफमा नेपाल ३-० ले पछाडी

काठमाण्डौं,असोज,२३-

विश्वकप छनोट अन्तर्गत अहिले नेपाल र अष्ट्रेलिया खेलीरहेको छ ।अष्ट्रेलियाको क्यानबेरामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल ३-० ले पछि परेको छ ।अष्ट्रेलियाका लागि जेमी म्याक्लारेनले दुई गोल गरे । यस्तै ह्यारीले एक गोल थपे ।विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अष्ट्रेलियासंग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्दै छ।अष्ट्रेलिया वरियताको ४४ औ स्थानमा छ । नेपाल १ सय ६१ औ स्थानमा छ ।

प्रत्यक्ष प्रसारण हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।

(Half Time )

update : Nepal 0-3 Australia 

अष्ट्रेलियाविरुद्व खेलका लागि नेपालको सुरुवाती-११मा प्रशिक्षक योहान कालिनले अष्ट्रेलियाविरुद्ध मुख्य फरवार्डमा अभिषेक रिजाललाई मौका दिएका छन् ।यसअघि चाईनिज ताइपेविरुद्ध विमल घर्ति मगरलाई सुरुवाती-११ मा राखिएको थियो । अष्ट्रेलियाविरुद्ध विमल बेन्चमा रहने छन् ।

अन्य खेलाडी भने ताइपेसँग मैदान उत्रदाकै खेलाडी रहेका छन् ।मिडफिल्डमा विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, रोहित चन्द र रवि पासवान रहेका छन् ।यस्तै डिफेन्समा अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी र रंजित धिमाल रहेका छन् ।प्लेईङ सेटमा नियमित खेल्दै आएका बिक्रम लामालाई आराम दिईएको छ ।गोलकिपर र कप्तानमा किरण चेन्जोङ छन् ।

नेपालको प्लेईङ -११ :

गोलकिपर : किरण चेम्जोङ

डिफेन्डर : अनन्त तामाङ, देबेन्द्र तामाङ, दिनेश राजवंशी , रञ्‍जित धिमाल

मिडफिल्डर : रोहित चन्द, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विशाल राई, रबि पासवान

फरवार्ड : अभिषेक रिजाल