सुनौला हजार दिन प्रभावकारी बन्दै

कुपोषण न्युनिकरण हुदै जानेमा स्वास्थ्यकर्मीको दावी

रमित बि.क,

बाजुरा,जेष्ठ ६-

गर्भवती महिला तथा दुई वर्षमुनिका बच्चालाई केन्द्रीत संचालन गरिएको गरिएको सुनौला हजार दिन कार्यक्रम बाजुरामा प्रभावकारी बन्दै गएको पाइएको छ ।

कुपोषणले ग्रसित बाजुराका गर्भवती आमा तथा बालबाबालिकालाई स्वस्थ वनाउन विभिन्न चार चरणमा गरिने उक्त कार्यक्रमले महिला तथा बालबालिकाको ब्यबहार परिवर्तन हुंदै गएको बताइएको छ ।

सुनौला हजारदिन सम्बन्धी हाते पुस्तिकाले धेरैज्ञान दिएका त्रिबेणी नगरपालिका–९ पैमाकी दिपा खत्रीले बताउनु भएको छ । “आफूलाई गर्भवती महिलाले पालना गर्नुपर्ने कुनै कुरा थाहा थिएन आमा समूहको बैठकमा बांडेका पुिस्तकामा लेखेका कुरा पढेपछि आफ्नो बानीमा परिवर्तन आएको गर्भवती खत्रीले बताउनु भयो ।”

सुनौला हजार दिनका नियमपालन गर्दा म पनि स्वस्थ छुर मेरो गर्भकोबच्चा पनि स्वस्थहोलाउनले भनिन्। त्यस्तै पहिले घरमै सोडेनीले बच्चा निकल्थीन् कतिको अकाल ज्यान जान्थ्यो ।

“सुनौला हजार दिनको बारेमा थाह पाएप्छि नियमित गर्भ जांच र पोषयुक्त खानेकुराको प्रयोग गरेका छौं ”बुढिनन्दा नगरपालिका कापकोटकी झुप्री चदाराले भन्नुुभयो ।

समुहको बैठकमा गर्भवती महलिालाहरुलाई कार्यक्रममा सहभागी गराइने गरेको छ । स्वास्थ्यकर्मी र सामाजिक परिचालकको सहयोगमा सचेतना गराउँछौं नियमित घरदैलो कार्यक्रम पनि गर्दछौं ।

विगतको भन्दा सुत्केरी महिला बच्चा र आफ्नो स्वास्थ्यमा निक्कै सचेत रहेकी पाएका छौं आमा समुहकी सदस्य एबं स्वंसेविका विछदेवी जैशीले बताउनु भयो ।

गत असोज देखि बाजुराका साविकका दश गाविसमा लागू भएको सुनौला हजार दिनको कार्यक्रममा आमा समुहको बैठकले सुनौला हजार दिनको बारेमा चार चरणका कार्यक्रमतय गरेको वताइएको छ ।

विषेष गरी गर्भवती महिला , वच्चा जन्मे देखि ६ महिना ६महिना देखि १२महिना सम्म र १२ देखि २४ महिना सम्म निरन्तर सुनौला हजार दिनका महत्वका वारे जानकारी गराउदै आएको सामाजिक विकास तथा प्रबद्धन केन्द्र सुनौेला हजारदिन सञ्चार अभियान कार्यक्रमका जिल्ला संयोजक अशोककुमार जोशीले बताउनु भएको छ ।

पहिलो पटक गर्भजांच गराउने आउने महिलाललई ३३ महिना सम्म घरभेट र पोषिलो खानेकुरा का बारेमा जानकारी गराउने कार्यक्रम रहेको बताइएको छ ।

सुनौला हजार दिनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्लाका आमासमुह, वडानागरिक मञ्च राजनीतिक दल र सञ्चरकर्मीको सक्रियताले पोषण कार्यक्रम प्रभावकारी भएको स्थानीयको भनाई छ ।

सुनौलाहजार दिन तथा सञ्चार अभियान कार्यक्रम बाुराका १० गाविस कोल्टी पाण्डुसैन, मार्तडी दहकोट, बुढिगंगा कैलाशमाण्डौं कुल्देवमाण्डौं , बाह्रविस डोगडी,र जयवागेश्वरी गाविसमा संचालन हुदै आएको छ ।

स्वस्थ र पोषण सम्बन्धी ब्यबहार परिवर्तन गरी स्वस्थ र सुपोशित समाज गर्ने परिकल्पना साकार गर्न लागि परेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका पोषण फोकल पर्सन रामचन्द्र यादवले जानकारी दिनु भएको छ ।