निःशुल्क शारिरिक अपाङ्गता शिविर शनिवारबाट सुरु

रमित बि.क,

बाजुरा, जेष्ठ ६-

जिल्लामा रहेका अपाङ्गताहरका लाििग निशुल्क शारिरिक अपाङ्गता शिविर आज कोल्टीमा सुरु भएको छ । अपाङ्गता भएकाहरुलाई सहज रुपमा सेवा दिनकालागि शिविर संचालन गरिएको बताइएको छ ।

शिविरमा हात खुट्टा कमजोर,नचल्ने बाङ्गो भएका,हातखुट्टा नभएका,हिडडेल गर्नमा कठिनाई भएका पोलियो तथा पश्क्षघात,आगोले पोलेका फरक आकार लगायतका समस्या भएकाहरुलाई उपचार गरिने भएको छ ।

शिविरमा अपाङ्गतता भएकाहरुको चेकजाँच आवश्यक सुझाव सल्लाह र परामर्श दिइने भएको छ । महिला तथा बालबालिका कार्यालय,जिल्ला स्वास्थ्य कार्यालय जिल्ला अपाङ्ग कल्याण सेवा

संघ बाजुरा,द लेप्रोसिमिसन नेपाल र पीसविन बाजुराको संयुक्त आयोजना र युएसएआइडी,हेन्डीक्याप सेभद चिल्ड्रेन र अपाङ्गता भएकाहरुका लागि पुर्नस्थापना केन्द्रको आर्थिक सहयोगमा आज देखि शिविर संचालन भएको छ ।

शिविरमा कान नसुन्ने,आँखाको समस्या भएका व्यक्तिहरुको कुनै उपचार नहुने आयोजकहरुले बताएका छन् । शिविर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भोली सम्म संचालन हुने भएको छ ।

शारिरिक तथा अपाङ्गता शिविर मार्तडीमा जेठ ८ र ९ गते जिल्ला अस्पताल बाजुरा र टाँटे स्वास्थ्य चौकीमा जेठ १० र ११ गते संचालन हुने भएको छ । शिविरमा अपाङ्ग कल्याण सेवा संघ बाजुराले अपाङ्गता परिचय पत्र समेत वितरण गरिने भएको छ ।

आज सुरु भएको शिविरमा अपाङ्गता एक सय ९८ जनाले सेवा लिएका छन् भने ७ जनाले अपाङ्गता परिचय पत्र लिएको महलिा तथा बालबालिका कार्यालय बाजुराका सहायक महिला विकास निरिक्षक यसोदा थापाले जानकारी दिनु भएको छ ।