सरकार बिचौलियाको कठपुतली बन्यो : कांग्रेस

फाईल तस्विर : प्रकाश शरण महत

काठमाडौं,साउन,२६-प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बिचौलियाको कठपुतली बनेको आरोप लगाएको छ ।

कोरोना संक्रमणको समयमा भ्रष्टाचार, अनियमिततालाई प्रोत्साहन दिएको सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेर आफ्नो नांगो रुप देखाएको कांग्रेसको ठहर छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा कोभिड–१९ अनुगमन समितिले गरेको पत्रकार सम्मेलनमा पार्टी सहमहामन्त्री तथा समिति संयोजक डा. प्रकाशशरण महतले संकटको समयमा जनस्वास्थ्यका विषयलाई सम्बोधन गर्न नसक्नु सरकारको अकर्मण्य, नालायक र गैरजिम्मेवारपन भएको आरोप लगाउनुभयो ।

निजी स्वार्थमा रमाइरहेको सरकारबाट नेपाली जनताले आश गर्ने ठाउँ बाँकी नरहेको संयोजक महतले दाबी गर्नुभयो ।उहाँले संक्रमण समुदायस्तरमा फैलिएकाले संक्रमित ठाउँहरुको सघन अनुगमन तथा परीक्षण बढाउन सरकारसँग माग गर्नुभयो ।

समितिले सरकारसँग १३ बुँदे माग राख्दै पूर्ण ‘लकडाउन’ समस्याको समाधान नभएकाले संक्रमण भएका ठाउँहरुमा लकडाउन र ‘आइसोलेसन’को व्यवस्था गर्न अनुरोध गरेको छ ।

समितिले विदेशमा बेरोजगार भएकाहरुको यथाशीघ्र उद्धार गर्न, उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहान भत्ताको व्यवस्था गर्न तथा जोखिम बढिरहेको समयमा निजी अस्पतालहरुलाईसमेत संकट नियन्त्रणमा उपयोग गर्न माग गरेको छ ।सरकारले बनाएको कोभिड नियन्त्रण समिति पूर्णरुपमा असफल भएको समितिको निष्कर्ष छ ।

 
 
नेपाली कांग्रेस !!
Image may contain: text that says 'नेपाली कोभिड- अनुगमन समिति नोट २०७७ विचौलियातन्रको सरकार सत्ताको निर्वाचित सरकारहरुको अनियमितता, बनेको सरकार बढ्दो संक्रमणको कारण मुलुक अहिले संकटको बीचमा संकट जिविकालाई आर्थिक वन्दावन्दीलाई पथकीकरण रहेका उपचार अपरिहार्य हुन्छ सकिने हुँदाहुंदे पनि नेपाली कांग्रेसको निरन्तरको भएनन् संतक्मण संक्रमण कोभिड- शिक्षा हामीले विषयमा उठाउदै गम्भीर हामी सम्भावित सीमामा प्रवेश आएका जोखिम अनुगमनका उपायतर्फ कडाईका संक्रमित उहरुको सघन आइसोलेसनको गरियोस्। सकिएकाहरुलाई मिलाइयोस् व्यवस्थित भेलिरहेका नागरिकहरुलाई सहयोग निकायहरुलाई परिचालन सरकारसंग विरामीको हुनेहरुलाई अभावमा सम्बन्धित कटनैतिक बढुदो अस्पतालहरुलाई व्यवस्था मिलाइयोस्।'
Image may contain: text that says 'आवश्यक उपकरणहरुको स्वास्थ्यकर्मी भेन्टिलेटर, आइसिय व्यवस्था मिलाइयोस्। सहयोगीहरुको व्यवस्थालाई अक्सिजन व्यवस्था ल्याइयोस् कोभिड-१९ कार्यान्वयनमा सम्बन्थित स्वास्थ्यकर्मीहरुको स्वास्थ्यकर्मीहरुको मिलाई स्वास्थ्यकर्मीहरुको अभाव क्वारेन्टाइन मापदण्ड अनसार लागि सहयोग भविष्यमा तालिमको व्यवस्था बन्द भएर वीरगज्ज त्यसको विरामी उपचारको अवस्थाको प्रभावकारिताका कोभिड- उपकरणहरुको सरकारले दिइयोस नियन्त्रणका कोभिड- मन्त्रालयमा अप्रभावकारी देखिएको मन्त्रालयमा जिस्मेवारी दिइयोस प्रभावकारी नेतृत्वलाई जिम्मेवारी वरिष्ठता व्यवसायिकतालाई वरिष्ठता व्यवसायिकताका आधारमा कोभिड-१९ संक्रमणको हामीलाई उठाइएका कार्यान्वयन संक्मणले संरचनाहरुमा जोडिएका दिदीबहिनीहरुलाई सरकारको जटिलतालाई संवेदनशील निकायहरु नागरिकहरुलाई निम्न सावधानी अनसरण साथीहरुलाई हालतमा गर्दद्छों साथे, स्यानीटाइजरको अत्यावश्यक पटक-पटक जय सार्वजनिक कुरालाई अनिवार्य हिडडुल गरौं'