नेपाल आर्दश बहुमुखी क्याम्पसका शैक्षिक स्तर उन्नति को लागि महायज्ञमा सम्पन्न ३ करोड सकंलन

अराज सिहं बेल्बासे ,
चन्द्रौटा,फागुन ७-नेपाल आर्दश बहुमुखी क्याम्पसको शैक्षिक स्तर उन्नति तथा स्नातकोत्तर सन्चालन र प्राविधिक शिक्षाको थालनी गर्ने उद्देश्यले माघ २९ गते बाट सञ्चालित सप्ताह ज्ञान महायज्ञ आज सम्पनन भएको छ महायज्ञ बाट  करिब ३ करोड आर्थिक सकंकलन भएको आयोजकले जानकारि दिएको छ । स्नातकोत्तर अध्यान को लागि यस क्षेत्रका विद्यार्थिहरु अन्य क्षेत्रमा जानुपर्ने भएकाले बाहिर जानु पर्ने समस्याको हल गर्न आर्थिक सकंलनको लागी महायज्ञ सञ्चालन गरिएको थियो ।

महायज्ञमा आर्दश बहुमुखीमा डिग्री सञ्चालनको लागी ३ करोड सकंलन आज बिरेन्द्र सिहं केसी ३१ लाख ११ हजार १ सय ११ लकं बहादुर हमाल २२ लाख १ सय ५५ नबराज पाण्डे   १२ लाख १ सय १ नेत्र राज अधिकारी ११ लाख ५१ हजार १ सय ५५जिबलाल पौडेल ११लाख ५१ हजार ५५५ भबनराज पौडेल ६लाख ७५ हजार ८६५ सुरहि चिरही ठेकदार ५ लाख ७७७७ अर्जुन केसी २ लाख २९९९आर्थिक सहयोग गर्नु भएको थियो । कपिलवस्तुको शिवराज नगरपालीका शिवपुर आसपासका स्थानीयले अवभने गाउंमै क्याम्पस तहको शिक्षा हासिल गर्न पाउने भएका छन् ।

स्थानीयबासिन्दाको सकृयतामा शिवपुरमा क्याम्पसको शैक्षिक सुधार र भौतिक पुर्वाधार बनाउने उदेश्यले गत माघ २९ गतेदेखी फागुन ७ गतेसम्म आयोजना गरिएको महायज्ञबाट झन्डै ३ करोड रकम संकलन भएपछि गाउंमै उच्च शिक्षा हासिल हुने भएको छ । भौतिक पुर्वाधारको अभावमा यस अगी उच्च शिक्षा हासिल गर्नबाट बञ्चीत यसभेगका स्थानीयलाइ अवभने बुटबल, भैरहवा, काठमाडौ लगायतका स्थानमा जान नपर्ने भएको छ ।  शिवपुरमा क्याम्पस सन्चालन भएपछि सवैभन्दा बढि यस भेगका विपन्न, गरिव, दलित, मधेशी समुदायका बासिन्दालाइ प्रत्यक्ष फाइदा पुग्ने भएको स्थानीय समाजसेवी अर्जुन केसी बताउनुहुन्छ ।