राष्ट्रपति विद्यादेवी भण्डारी जापानमा : उत्पादन मुलक, रोजगारी क्षेत्रमा लगानी गर्न आग्रह

नेपालको लुम्बिनी गौतम बुद्धको जन्मस्थलमात्र नभई बौद्ध दर्शनको उद्यगम स्थल भएको भनाई

जापान,कार्तीक,४-

राष्ट्रपति विद्यादेवी भण्डारी जापानको तीन दिने औपचारिक भ्रमणमा आज “सोमबार” जापान आईपुग्नु भएको छ ।जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान आउनु भएको हो ।

राष्ट्रपति भण्डारीले एक कार्यक्रममा बोल्दै जापानले विभिन्न समयमा नेपालको सामाजीक,आर्थीक विकाशमा पुर्याउदै आएको सहयोग प्रती प्रशंसा गर्नुभयो । “उहाँले” दुई देशको सम्बन्ध बलियो भएकोले जापान, नेपाललाई दु:ख सुख पर्दाको भरपर्दो मित्र राष्ट्र भएको उल्लेख गर्नुभयो ।

उहाँले जापान सरकारको सुख सम्वृद्धी र देश विकाशको निम्ती शुभकामना व्यक्त गर्दै नेपालमा लामो समय पश्चात स्थिर सरकार बनेकोले अब नेपाल ‘दिगो विकाश र सम्वृद्ध नेपाल निर्माणको लागी अघि बढेकोले यसलाई पुरा गर्नका लागी बाह्य मुलुकको सहयोगको आवश्यकता भएको हुँदा उत्पादन मुलक, रोजगारी क्षेत्रमा आर्थीक लगानी गर्न जापान सरकारलाई आग्रह गर्नुभयो । 

“उहाँले जापानी लगानी कर्ताहरुले गरेको लगानीको सुरक्षाका निम्ती नेपाल सरकार सधैं प्रयासरत रहेको विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको नकरात्मक, असर र त्यसको न्यूनीकरणका निम्ती नेपाल सरकारले आर्थीक सहयोग जुटाउन आगामी अप्रिल महिनामा नेपालमा अन्तराष्ट्रीय सडक संवाद कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिदै उक्त कार्यक्रममा जापान सरकारबाट उच्च स्तरको प्रतिनिधित्वका निम्ती अपिल गर्नुभयो ।

पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेकोले यसलाई सफल पार्न जापानीज नागरिकलाई बढी भन्दा बढी भ्रमण गर्न आग्रह पनी गर्नुभयो । केहि महिना अघि सुरु भएको नेपाल जापान हवाई उडान सेवामा धेरै हद सम्म सहयोग पुर्योउने बताउनुभयो ।उहाँले नेपालको लुम्बिनी एउटा गौतम बुद्धको जन्मस्थलमात्र नभएर बौद्ध दर्शनको उद्यगम स्थल भएको पनी प्रष्ट पार्नुभयो।

उहाँले लुम्बिनीलाई विश्वको शान्तीको केन्द्र बनाउने हाम्रो प्रयासमा मित्र राष्ट्र जापानको महत्वपुर्ण सहयोगको अपेक्षा प्रकट गर्नुभयो ।उहाँले जापान सरकारले विदेशी नागरिक रोजगारीको शिलशिलामा भित्र्याउने नितीमा नेपाललाई समावेश गरेको प्रती खुशी व्यक्त गर्दै यसबाट नेपाली युवाहरुलाई सुरक्षित र परपर्दो रोजगारी प्राप्त हुनुको साथै जापानको अर्थतन्त्रलाई समेत सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो समय जापान र नेपालको उच्चस्तरिय मित्र राष्ट्रको सम्बन्ध बलियो बन्दै गएकोले नेपालबाट प्रतिनिधित्व गर्ने हरेक नागरिकले गर्ने व्यवहार र कृयाकलाप नेपालको गरिमा र प्रतिष्ठा संग जोडिएको उल्लेख गर्नुभयो।उहाँले अन्तमा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन आफुँ जापान आएको बताउदै उक्त समारोहमा सहभागीता लागि जापान सरकारले गरेको निमन्त्रणा प्रती धन्यवाद दिदै जापानीज सम्राटलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल जापान सम्बन्ध सधियौं रहने बताउनुभयो ।

यसैबिच : कात्तिक ५ गते नयाँ राजाको राज्याभिषेक समारोह आयोजनामा राष्ट्रपती भण्डारीले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग जापानमा भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाईएको छ ।राष्ट्रपति भण्डारीसँग भ्रमणमा गृहमन्त्री रामबहादुर थापा समेत सहभागी हुनु भएको छ ।राष्ट्रपती भण्डारी कात्तिक ६ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।