राष्ट्रपति विद्यादेवी भण्डारी जापान भ्रमणमा आउँदै

जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता गर्ने

जापान,कार्तीक,३-

राष्ट्रपति विद्यादेवी भण्डारी जापानको तीन दिने औपचारिक भ्रमणमा आउन लाग्नु भएको छ ।हाल म्यानमारमा रहनु भएका राष्ट्रपति भण्डारी म्यानमारबाटै जापान आउन लाग्नु भएको हो ।

जापानको नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी जापान आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानमा कात्तिक ५ गते नयाँ राजाको राज्याभिषेक समारोह आयोजना गरिएको छ । भ्रमणका क्रममा भण्डारीले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग जापानमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीसँग भ्रमणमा गृहमन्त्री रामबहादुर थापा समेत सहभागी हुने मन्त्रालयले जनाएको छ । भण्डारी कात्तिक ६ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।