लम्कीचुहा नगरपालीका १ धोबेनी खोलामा स्कुटर दुर्घना हुँदा १ जनाको मृत्यु

पवन मुडभरी/

बौनीयाँ,कार्तिक,१२-
कैलालीको लम्कीचुहा नगरपालीका १ धोबेनी खोलामा स्कुटर दुर्घना हुँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा लम्कीचुहा नगरपालीका ५ तिलकपुर स्थित कान्छीबजार निवासी २८ वर्षका नवल सिंह बुढाको उपचारका क्रममा लाल रत्न अस्पताल लम्कीमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक नैन बहादुर साउंदले जानकारी दिनुभएको छ ।

डुंडेझारी जंगलको आधाकिलोमिटर पश्चिम क्षेत्रमा पुलमा ठोक्किएर सो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।