चोरको हर्कत: बाख्राद्वारा मानिसको सनाखत,चोर पक्रन पुलिस सफल

चोरद्धारा बाख्राको रौं काटेर र अनेक रंग दलेर स्वरुप नै परिवर्तन

रुपन्देही,आषाढ,२५-रुपन्देहीको सैनामैना नगरपालिका र त्यस आसपासमा गत केहि महिना यता श्रृखंलाबद्ध  बाख्रा चोरी घटनाको रहस्य पत्ता लगाउन  सालझण्डी ईलाका प्रहरी कार्यालय  सफल भए पनि फेला परेका बाख्राको मालिक चिन्न रोचक अनुसन्धान गर्नुपरेको छ ।

घरबाट बाख्रा हराएको उजुरी परे लगत्तै रुपन्देहीको सालझण्डी  ईलाका प्रहरी कार्यालयले चोरीका बाख्रा पत्ता लगाउन र चोर्ने व्यक्तिलाई समात्न पनि सफल हुन्छ तर उजुरीकर्ता ले नै आफ्नो बाख्रा चिन्न नसकेपछि प्रहरीलाई सकस पर्छ।किनकी बाख्राहरू चोरी पछि  रौं काटेर र र अनेक रंग दलेर बाख्राको स्वरुप नै परिवर्तन गरिएको हुन्छ।

त्यसपछि ईलाका प्रहरी कार्यालयले मालिकद्वारा बाख्राको सनाखत  गराउनुको साटो बाख्राद्वारा मालिक सनाखत गराउने जुक्ती निकाल्छ।यस जुक्ती अन्तरगत बाख्राहरूलाई छाडा छाडिन्छ।उजुरीकर्ता देखि प्रहरी कार्यालयमा रहेका सबै मानिसहरुलाई आ-आफ्नो बाटो लाग्न भनिन्छ।अन्ततःती बाख्राहरू आ–आफ्नो मालिकहरु पछ्याउँदै जान्छन्।तब मात्र बाख्राले मानिस र मानिसले आफ्नो बाख्रा चिन्छ । 

यो घटना शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय सालझण्डी परिसरको हो।त्यस भेगका मानिसहरुले घरबाट क्रमशःदर्जनौं बाख्राहरू चोरी भएको उजुरी लिएर आउँछन्।त्यही क्रममा  असार ५ गतेका दिन  रुपन्देहीको कन्चन गाउँपालिका-१ का पवन परियारको बाख्राको खोरबाट १२ किलो,१० किलो र ८ किलो तौर बराबरका ३ वटा बाख्रा विहान करिव ३ बजेको समयमा चोरी भएको उजुरी लिएर एक जना त्यस कार्यालयमा पुग्छन् ।

त्यस अघि पनि थुप्रै मानिसहरुले आफ्ना बाख्रा,खशी बोकाहरु चोरी भएको उजुरी दिई सकेका हुन्छन्।त्यसपछि त्यस कार्यालयको मिसन बाख्रा खोजीमा केन्द्रित हुन्छ।त्यही क्रममा बाख्रा ओसार पसार गरिरहने दुई वटा मोटरसाईकल पत्ता लाग्छन्।तीनै मोटरसाइकलमार्फत चोरहरू पत्ता लाग्छन् ।  

सुराकीको माध्यमद्वारा  बाख्रा ओसार पसारमा प्रयोग भएका  लु १७ प ३७१७ र  लु ३५ प २४३१ नम्वरको मोटर साइकल  प्रहरीले बरामद बरामद गरेको छ।त्यसपछि  ती मोटरसाईकलमा सवार चार जना मानिसको पत्तो लाग्छ।साभार राटोपाटीबाट