
काठमाडौं,फागुन,२३-नेकपाको केपी शर्मा ओली पक्षले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ ।
सो पक्षको संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरुले सर्वोच्चको यो फैसलालाई पनि आफूहरुले मान्ने भन्दै सूर्य चिन्हसहित नेकपा एमाले र हसिया हथौडासहित माओबादी केन्द्र २०७५ साल जेठ ३ गते अघिको अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको फैसला पनि आफूहरुले मानेको भन्दै यो फैसलालाई पनि स्वीकार्ने पनि बताउनुभयो ।