रेडियो भ्वाइस ६ वर्षमा प्रवेश

अराज सिहं बेल्बासे,

रेडियो भ्वाइस,चन्द्रौटा,फागुन ७-कपिलबस्तुको चन्द्रौटा बाट  प्रशारणमा रहेको रेडियो भ्वाइस १०२.४ मेगाहर्जले आजदेखि ६ औ वर्षमा प्रवेश गरेको छ । परिर्वतन सञ्चार गृह बाट सञ्चालित रेडियो भ्वाइस कपिलबस्तुको पश्चिमी क्षेत्रमा रहेको स्थानिय निकाय मधेस अधिकारका कुरा महिला शसक्तीकरण जस्ता सामाजिक क्षेत्रमा प्रभाव पार्ने खालका कार्यक्रम समाचार सञ्चालन गरि रेडियोको माध्यमबाट समाजमा रहेका अन्धबिश्वास कुरिती हरु बिरुद्ध आवाजको माध्यमबाट भुमिका खेलिरहेको छ ।

रेडियो ब्यबस्थापन समितिका  अध्यक्ष बलाराम मरासेनिले ले विज्ञप्ति जारी गर्दै अब चाँडै स्रोताहरुलाई नयाँ खालका विषयवस्तु दिने  हरेक समुलाय र समुह हरुलाइ प्रभाव पार्ने किसिमको कार्यक्रम रेडियो बाट प्रसारण गर्ने बताउनुभएको छ । यसअवसरमा शुभकामना दिंदै रेडियो ब्यबस्थापन समितीका पुर्व अध्यक्ष जगत पौडेलले यस क्षेत्रका पर्यटकिय क्षेत्रको प्रचार प्रसारमा  रेडियोले आगामी दिनमा भुमिका खेल्नु पर्ने बताउनु भयो ।

रेडियो दैनिक १७ घण्टा प्रसारणमा रहेको रेडियो भ्वाइसले आफ्नो उत्पादनमा दिनमा ८ पटक सिआइयन बाट २ पटक नेपाल एफयम नेटर्बक बाट ५ पटक र बिबिसी नेपाली सेवागरि गरेक दिन १७ पटक समाचार प्रशारण गरिरहेको छ । यस्तै रेडियोका स्टेसन म्यानेजर सञ्जिब गहतराजले  रेडियोलाई सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गर्दै सम्पुण स्रोताको चाहना अनुसारकोकार्यक्रम रेडियो बाट प्रसारण गर्ने र समाचार र जानकारी मुलक कार्यक्रममा जोड दिने बताउनु भयो ।