एन्फा अध्यक्षमा पंकज बिक्रम नेम्बाङ र वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

फाईल तस्विर !!

काठमाडौं,असार,६-अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित हुनु भएको छ ।

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आज सोमबार भएको निर्वाचनबाट नेम्बाङ निर्वाचित हुनु भएको हो ।

अध्यक्षका अर्का प्रत्यासी तथा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँ वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्थ्यौ ।

नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गर्नुभयो ।अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले सुन्य मत प्राप्त गर्नु भएको थियो ।

निर्वाचनमा शतप्रतिशत ८४ मत खसेको छ । ८४ भोटरले एन्फा निर्वाचनमा मताधिकार पाएका थिए ।

निर्वाचनमा जिल्ला, राष्ट्रिय लिगमा छनोट मोफसलका चार क्लब, एन्फाका चार संघ, ए, बी र सी डिभिजन क्लब सहभागी थिए । 

जसमा ४४ जिल्ला, चार राष्ट्रिय लिगका क्लब, चार एन्फा संघ, ए डिभिजनका १४ क्लब, बीका ११ र सीका ९ क्लबले मत हालेका थिए ।  

यसैबिच : एन्फाको वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्का निर्वाचित हुनु भएको छ ।

अध्यक्ष निर्वाचित पंकज बिक्रम नेम्बाङको प्यानलमा रहेका खड्काले कर्माछिरिङ शेर्पा प्यानलका शिक्षित पराजुलीलाई हराउनु भएको हो ।खड्काले ४४ मत प्राप्त गर्दा पराजुलीले ४० मत प्राप्त गर्नुभयो।

यस्तै : उपाध्यक्षमा दावा लामा, दिपक खतिवडा, बिराट जंग शाही र दुर्गा बहादुर केसी निर्वाचित भएका छन् ।लामाले ४८ खतिवडाले ४७, शाहीले ४७ र केसीले ४३ मत पाए ।

केसी भने अध्यक्षमा पराजित कर्मा छिरिङ शेर्पाको प्यानलबाट निर्वाचित भएका हुन्।अन्य उपाध्यक्ष पंकज बिक्रम नेम्बाङबाट निर्वाचित भएका हुन्  ।