बाँकेमा जेष्ठ नागरिकका लागि ५ दिने च्याउ खेती तालीम शुरु

बाँके,फागुन ७-बाँकेको कारकाँदोमा जेष्ठ नागरिकलाई लक्षीत गर्दै आज (शनीबार ) देखि पाँच दिने च्याउ खेती तालीम शुरु भएको छ । नेपालगंज उपमहानगरपालिकाको आयोजना र जयपृथ्वी सामुदायिक सिकाई केन्द्रको सहजीकरणमा तालीम शुरु भएको हो । तालीममा नेपालगंज उपमहानगरपालिकाका वडा नं. २४,२५,२६,२७,र २८ बाट तीन तीन जना र जेष्ठ नागरिक समुहबाट १४ जनाको सहभागिता गरि जम्मा २९ जनाले तालीममा सहभागिता जनाएका छन् ।

कार्यक्रममा तालीमको उद्घाटन गर्दै कृषि विकास कार्यालय बाँकेका निमित्त प्रमुख वसीर अहमदले जेष्ठ नागरिकले छुट्टै समुह बनाएको देख्दा आफूलाई खुसी लागेको बताउनु भएको छ । उहाँले कुनै पनि व्यक्तीले कृषि काम गर्दा हरेक पाईलामा कृषि विकास कार्यालयले सहयोग गर्ने प्रतीवद्धता व्यक्त गर्नु भएको छ । उहाँले भन्नुभयो सरकारले गरिरहेको थुप्रै कृषि कार्यक्रममा सहभागि हुनुपर्ने र अहिले सरकारले ल्याएको नयाँ बाली बिमामा पनि सहभागी भई आफूले गरिरहेको खेतीको बिमा गर्न पनि जेष्ठ नागरिक कृषकलाई आग्रह गर्नुभयो ।

बिमा गरेपछि लागाएको बालीमा कुनै समस्या आएमा त्यसबाट किसानले बेहोर्नु परेको नोक्सानको क्षतीपुर्ती मिल्ने जानकारी दिनुभयो । उहाँले परिचय पत्र पाउन बाट बञ्चित भएका सबै किसानलाई परिचय पत्र दिलाउने प्रतीबद्धता जाहेर गर्नुभयो । बोर्डमा भन्दा खेतबारीमा लगेर व्यवहारीक तालीम सिकाउन आग्रह गर्दै भन्नुभयो जेष्ठ नागरिकले कहिल्यै पनि आत्माहिनताबोध नलिन पनि आग्रह गर्दै अहमदले राम्रो संग तालीम सञ्चालन गर्न शुभकामना दिनुभयो ।
यसैविच
जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष तारा खनालले कार्यक्रमबारे प्रकाशन पार्दै भन्नुभयो यो जेष्ठ नागरिक उत्थान कृषक समुहले जेष्ठ नागरिकका लागि बुढेसकालमा सहयोग गर्ने भएको यो समुह संञ्चालनमा  ल्याएको बताउनु भएको छ । उहाँले भन्नुभयो जेष्ठ नागरिकलाई बुढेसकालमा आईपर्ने विभिन्न समस्याहरु बाट यस समुहले फाईदा गर्ने भन्दै समय परिवर्तन संगै जेष्ठ नागरिकले पनि केहि गर्न सक्दो रहेछ भन्ने सन्देश समाज जाने बताउनुभयो ।

उहाँले कृषि पेशामा आवद्ध जेष्ठ नागरिकलाई केहि दिनमै परिचय पत्र वितरण गर्ने बताउनुभयो । उहाँले यो जेष्ठ नागरिक समुहबाट प्रधानमन्त्री कृषि परियोजना कार्याक्रममा प्रपोजल हालेको समेत बताउनुभयो । आज भएको कार्यक्रमको स्वागत मन्तव्य जेष्ठ नागरिक सेवा समिती बाँकेका अध्यक्ष्य दिवाकर शर्माले गर्नु भएको थिायो ।

तारा खनालको सभाअध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला कृषि विकास कार्यालय बाँकेका निमित्त प्रमुख वसीर अहमद यस्तै विशिष्ट अतिथीमा सामाजीक परिचालक प्रमुख नेपालगंज उपमहानगरपालीकाका कृष्ण प्रसाद जैसी रहनु भएको थियो भने अतिथीमा जेष्ठ नागरिक सेवा समाज बाँकेका दिवाकर शर्मा र जिल्ला शिक्षा कार्यालय बाँकेका विद्यालय निरिक्षक उद्धव श्रेष्ठ रहनु भएको थियो ।

आजदेखी उद्घाटन भएको च्याउ खेती तालीमको प्रशिक्षक सुरेन्द्र ठाकुरले दिनु भएको छ । तालीम जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रको हलमा विहान ८ बजे देखि सञ्चालन हुने भएको छ । तालीम यहि फागुन ११ गते सम्पन्न हुने भएको छ ।