गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

काठमाडौं,बैशाख,८-सबै सुरक्षा निकायले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिवद्धता गरेका छन् ।

बिहीबार सिंहदरवारस्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकाय, गृह मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बैठकमा सुरक्षा निकायबीचमा हुने समन्वयको सम्बन्धमा छलफल भएको उहाँले बताउनुभयो ।