टोक्योमा हुने ओलम्पिकका लागी न्यु नेशनल स्टेडियमको निर्माण कार्य सम्पन्न

स्टेडियम निर्माणका लागि ८७ प्रतिशत काठको प्रयोग

काठमाण्डौं,मंसिर १५-

जंगलका काठहरुबाट बनाइएको टोक्यो ओलम्पिक स्टेडियम

जापानमा आगामी वर्ष हुने बहुप्रतिक्षित टोक्यो ओलम्पिकको मुख्य स्टेडियम (न्यु नेशनल स्टेडियम) को निर्माण कार्य सम्पन्न भएको छ । यो स्टेडियम निर्माणका लागि ८७ प्रतिशत काठको प्रयोग गरिएको छ । जसको अर्थ यो स्टेडियम निर्माण कार्य सम्पन्न २००० घन मिटर काठको प्रयोग गरिएको छ ।

यद्यपि यो स्टेडियम निर्माण कार्यका लागि जोगाड गरिएको काठको कथा भने निकै रोचक र प्रेरणादायी छ । रिपोर्टअनुसार स्टेडियम निर्माणका लागि प्रयोग गरिएको ती काठहरु सन् २०११ मा आएको विनाशकारी सुनामीमा ध्वस्त बनेका ४७ प्रान्तका जंगलहरुबाट ल्याइएको हो ।

यसरी काठको स्टेडियम बनाउनुको उद्देश्य पनि निकै चाखलाग्दो छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जापान स्पोर्टस काउन्सीलले यो स्टेडियममा खेल हेर्न आउने दर्शकहरुले प्रकृतिसँगै रमाइलो गरेर शितलताको अनुभुति गर्दै खेलको मजा लिउन भन्ने रहेको छ । त्यसका लागि स्टेडियममा १८५ ओटा ठूला–ठूला पंखाहरु पनि छन् । साथै, स्टेडियमको ८ स्थानमा कुलिंग नोजल पनि जडान गरिएको छ ।

स्रोतका अनुसार सन् २०१६ मा निर्माण कार्य शुरु भई यसै बर्षको नोभेम्बरमा सम्पन्न भएको पाँच तले यो आकर्षक र सुविधासम्पन्न भव्य स्टेडियम निर्माण गर्न १ अरब ३९ करोड भन्दा बढी अमेरिकी डलर खर्च भएको छ । त्यति मात्र नभएर यो स्टेडियममा दर्शक क्षमता पनि ६० हजार रहेको छ ।

स्टेडियममा १ जनवरीका दिन पहिलो खेल हुने

यो स्टेडियममा आगामी बर्षको जनवरी १ तारीखका दिन इम्पेरर कप फुटबल म्याचको फाइनल भिडन्त हुनेछ । टोक्यो ओलम्पिक भने १४ जुलाईदेखि ९ अगस्तसम्म हुने तय भईसकेको छ । त्यसबाहेक २५ अगस्तदेखि ६ सेप्टेम्बरसम्म यहाँ पारा ओलम्पिक पनि हुनेछ ।स्टेडियकको डिजाईन भने जापानका चर्चित आर्किटेक्ट केंगो कुमाले गरेका हुन् ।खेलदैनीकबाट ।

एजेन्सी