दाङको बाल शान्ती गृहमा गुरुपुर्णीमा कार्यक्रम सम्पन्न

भानुभक्त बस्नेत
दाङ,असार,२५-
आज घोराही उपमहानगरपालिका वडा नं. ७ पर्सामा रहेको बाल शान्ती गृहमा गुरुपुर्णीमा कार्यक्रम सम्पन्न गरीएको छ ।

घोराही उपमहानगरपालिका नवनिर्वाचित मेयर नरुलाल चौधरी, उपमेयर सिता न्यौपाने,वडा नं.७का अध्यक्ष खोपीराम चौधरी,जिल्ला प्रहरी कार्यालय दाङका एस.पी.धिरजप्रताप सिंह,

पतञ्जली योगका प्रेम शाह,जेष्ठ नागरीक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरी,अपाङ्ग संघ झिगौराका अध्यक्ष श्रीकुमार न्यौपाने,जेष्ठ नागरीकका जिल्ला संघका सचिव दधिराम सुवेदीलगायतका अतिथीको विशेष उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थापक सञ्चालक भोलानाथ योगीद्धारा बालगृको परिचय दिनुहुदै गृहमा ३८ जना बालबालिका रहेको र १४४ जना विद्यार्थीले लाभान्वित भएको समेत जानकारी दिनुभएको थियो ।

उक्त बालगृह २०४९ सालमा स्थापना भएको र उक्त सस्थाले द्धन्द,घरेलु हिसां,दलित,अनाथ लगायतका बालबालिका लाई सहयोग आईरहेको समेत बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा बोल्नुहदै मेयर चौधरीले यस कार्यको प्रशंसा गर्नुहुदै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

गरीब दुखीको सेवा नै वास्तविक धर्म भएको भन्दै आफुले सहयोग गर्ने समेत बताउनुभएको थियो । कार्यक्रम अन्य सहभागी विद्यार्थीले राष्ट्रिय गित गायन,प्राथना,गुरु पुजा एवं नृत्य गरेका थिए ।