रमित बि.क.
बाजुरा,असार, २५-
बडिमालिका नगरपालिका ९ उखाडीका १५ जना मुक्त हलिया बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । गरिब तथा विपन्न मुक्त हलियाका बालबालिकालाई लायन्स क्लब अफ बर्कली मकालु अमेरिकाको अध्यक्ष मनोहरा थापा बोगटीले शैक्षिक सामाग्री सहयोग गर्नु भएको हो ।
मुक्त हलिया पुर्नस्थापना जिल्ला समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सहीतको टोली बस्तीमै पुगेर बालबालिका र तीनका अभिभावकको उपस्थितिमा हस्तान्त्रण गरिएको हो ।
गरिब तथा विपन्न समुदायका बालबालिकाको शिक्षामा पहुँच अभिवृद्धी गर्न प्रोत्साहनका लागि सामान्य खालको सहयोग गरिएको बोगटीले बताउनु भएको छ ।
क्लबमा आवद्ध २६ जना सदस्यले मासिक समीक्षा बैठकमा उठाएर १ रुपैया डलर संकलन गरेर दुर्गम बस्तीका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गर्न पाउँदा धेरै खुसी लागेको बोगटीले बताउनु भएको छ ।
नौ परिवार रहेको हलिया बस्तीका १५ जना बालबालिकालाई वर्षदिनलाई पुग्ने गरी शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रतिव्यक्ति झोला, छाता, ज्यामिती बक्स, पेन्सील, कलम, स्कुल पोशाक सहयोग गरिएको हो ।
शैक्षिक सामाग्री मुक्त हलिया पुर्नस्थापना जिल्ला समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटी, महिला विकास अधिकृत कमला शाही, प्रहरी निरीक्ष
क जगदिस भट्ट, पत्रकार अर्जुन शाह, प्रेम विक, लक्ष्मीराज पाध्याय सहीतले हस्तान्त्रण गरेका हुन् ।
वास्तविक सहयोग गर्नु पर्ने र खाँचो भएका समुदायलाई रोजेर सहयोग गरेकोमा प्रजिअ लामिछानेले बधाई दिनु भएको छ । सहयोगसँगै सँगै विदेशमा बसेर पनि नेपाल र नेपाली प्रति देखाएको माया नै ठूलो उपहार भएको बताउनु भएको छ ।
महिला तथा बालबालिकाका धेरै समस्या र पीडा छन्, सबैका समस्या संवोधन गर्न श्रोत साधनले सकिएको छैन्, विपन्न समुदाय त्यसैमा मुक्त हलियालाई रोजेर गरिएको सहयोग उल्लेखनीय र उदारणीय काम भएको महिला विकास अधिकृत कमला शाहीले बताउनु भएको छ ।
घरमै शैक्षिक सामाग्री पाएपछि बालबालिका सहीत आफन्त खुसी भएका छन् । फोटो खिच्न, कुरा लिन र नाम सोध्न मात्र आउथ्ये, आज छोराछोरीका आमा बुबा भएर आएको महशुस भयो, रतुडा महिला समुहकी अध्यक्ष समेत रहेकी स्थानीय रुपा चदाराले बताउनु भएको छ ।
चदाराकै अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो । क्लबले यस अघि क्यान्स पीडितलाई डेढ लाख बराबरको आर्थिक सहयोग कैलालीमा पनि गरेको थियो । अछाम घर भएकी अध्यक्ष मनोहरा थापा बोगटी आफन्त भेट्न आएकी थिईन् ।
श्रीमान दलबहादुर बोगटी जिल्ला प्रहरी कार्यालय बाजुरामा डिएस्पी पदमा कार्यरत रहनु भएको छ । गाउँमा बस्ने ९ वटै परिवार हलिया भएरपनि प्रामाणिकरणमा परेका छैन् । उनीहरुसँग बस्ने घर बाहेक अर्को कुनै जमिन छैन् । उक्त बस्ती पहिरोको पनि उच्च जोखिममा छ ।




