एनआरएनए जापानको यूवा संयोजकको पदमा दिपक बुर्जा मगरको उम्मेदवारी

फाईल तस्विरमा : NRNA जापानको युवा संयोजक पदका उम्मेदवार दिपक बुर्जा मगर ॥

टोकियो,असार,२४-गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको यूवा संयोजकको पदमा दिपक बुर्जा मगरले उम्मेदवारी दिनुभएको छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी (२०२५-२०२७) दुई वर्षको लागि हुन गईरहेको कार्यकालको निर्वाचनका लागि दिपक बुर्जा मगरले युवा संयोजक पदमा आफ्नो उम्मेदवारी दिनु भएको हो।

अहिले जापानमा (एनआरएनए) को चुनावी सरगर्मीको माहोल निकै तात्तिएको छ।तपाईहरुले सामाजीक संजालमा व्यापक रुपमा यसको प्रचार प्रसार गरेको देख्नु भएको होला।यहि माहोलमा आफ्नो परिपक्क नेतृत्वको क्षमता देखाउन लामो समय देखी विभिन्न सामाजीक सेवामा सक्रिय दिपक बुर्जा मगरले उम्मेदवारी घोषणा गर्नु भएको हो। 

उहाँ जापानमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आउनु भएको छ,भने नेपाल मगर संघ जापानको अध्यक्ष समेत भैईसक्नु भएको छ।उहाँ अहिले नेपाल मगरसंघ जापानको सल्लाहकारमा रहेर अझै पनि सक्रिय भएर काम गरि राख्नु भएको छ।

हाम्रो टिम बिहानी एफसीलाई “उहाँले जानकारी दिदै भन्नुभयो” यदि युवा संयोजकमा जित हासिल गरे आगामी दिनमा प्रवासमा रहेका नेपाली युवा पंङ्त्तीलाई गैर आवासिय नेपाली संघ संग सिधा सम्पर्क गर्ने र युवाहरुको आधारभुत क्रियाकलापमा आवश्यक कार्यक्रमहरुको योजना गरेर युवालाई प्रवासमा सक्रिय राख्ने बताउनुभयो।

उहाँले पछिल्लो समय जापानमा रहेका नेपाली युवाहरु खेलकुदप्रती निकै सक्रिय रहेको हुँदा फुटबल, भलिवल र क्रिकेट जस्ता खेल क्षेत्रमा युवाको लागि नियमित जसो कार्यक्रमहरु गरिरहने जानकारी दिनुभयो।

यसपालीको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको चुनावामा यूवा संयोजक पदका लागि दावि गर्दै गर्दा उहाँले “भ्रम होईन तथ्यलाई आत्मसाथ गर्ने सकरात्मक सोच समाज रुपान्तणका लागि युवाको खोज” भन्ने मुख्य उद्देश्यका साथ आफ्नो एजेण्डा लिएर अहिले चुनावी माहोलमा होमिनु भएको छ।

उहाँले भने जस्तै अब कसैले पनि भ्रम होईन हरेक कुराको सत्य तथ्यलाई बुझ्ने र समाज रुपान्तरणका लागि सकरात्मक सोच्ने व्यक्ती छानौं भन्दै जितका लागि युवा संयोजक पदका उम्मेदवार दिपक बुर्जा मगरलाई अग्रिम शुभकामना व्यक्त गर्दछौं।