कोरोना : विश्वमा मृत्यु हुनेको संख्या १ लाख ७० हजार बढी, अमेरिकामा मात्रै ४२ हजार बढीको मृत्यु

काठमाण्डौं,बैशाख,९-विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ ।पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ३ सय ३८ पुगेको छ ।

संक्रमितको संख्या पनि बढेर २४ लाख ७८ हजार ९ सय ७९ पुगेको छ । संक्रमितमध्ये ६ लाख ४५ हजार ८ सय ६ जना उपचारपछि निको भएका छन् ।सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ७ लाख ८२ हजार ७६ जना संक्रमित हुँदा ४२ हजार ४ सय ४० जनाको मृत्यु भएको छ ।

स्पेनमा २ लाख २ सय १० जना संक्रमित हुँदा २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ८१ हजार २ सय २८ जना पुगेको छ ।

त्यहाँ २४ हजार १ सय १४ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ५५ हजार ३ सय ८३ जना संक्रमित हुँदा २० हजार २ सय ६५ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ४७ हजार ६५ जना संक्रमित भएका छन् । मृतकको संख्या ४ हजार ८ सय ६२ पुगेको छ ।बेलायतमा १ लाख २४ हजार ७ सय ४३ जना संक्रमित छन् भने १६ हजार ५ सय ९ जनाको मृत्यु भएको छ ।

भारतमा १८ हजार ५ सय ३९ जना संक्रमित हुँदा ५ सय ९२ जनाको मृत्यु भएको छ ।त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ८ हजार ४ सय १८ पुग्दा १ सय ७६ जनाको मृत्यु भएको छ ।एजेन्सी ।