संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं,असार,७-संघिय संसदको दुवै सदनका बैठक आज मंगलबार पनि बस्दैछ ।प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे छुट्टाछुट्टै सुरु हुनेछ ।

प्रतिनिधि सभा बैठकमा विभिन्न विधेयकहरु दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ ।

बैठकमा संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ ।

बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले ‘विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

 प्रतिनिधिसभाको कार्यसूची: