‘माघी विशेष साँस्कृतिक महोत्सवका लागि उपसमितिहरु गठन

रोशन घर्ती
दाङ,मंसिर २१- डुरुवा ४ कोठरीमा पुष १२ गतेदेखी हुने महोत्सवका लागी जिम्मेवारी तोकीएको छ । पुष १२ देखी १७ गतेसम्म हुने ‘माघी विशेष साँस्कृतिक कार्यक्रम–२०७३’ लाई सफल बनाउनका लागी समिति एवं विभिन्न उपसमितिहरु गठन गरिएको छ । लागु औषध विरुद्धको सचेतना कार्यक्रमकालागी हुने महोत्सवकालागी यमबहादुर पुनलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिईएको छ । ‘स्वस्थ गाँउ स्वस्थ शहर, लागु औषध न्यूनिकरण गर्ने हाम्रो रहर’ भन्ने मूल नाराका साथ नवजागरण नेपाल दाङको मुख्य आयोजना, नव शीर्जनसील युवा क्लबको

सहआयोजनामा हुने सांस्कृतिक महोत्सवको कार्यक्रम सहसंयोजकमा सुनिल विसी रहनुभएको छ । यस्तै आर.के.शीतल संयोजक र सागर थापा सहसंयोजक रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ भने कार्यक्रम व्यवस्थापकको जिम्मेवारी रोहन पुनलाई दिईएको छ ।  सांस्कृतिक महोत्सवमा लागु औषध दुव्यर्सन सम्वन्धी जानकारी पनि गराईने छ ।स्वर्गद्धारी टेन्ट हाउसको व्यवस्थापनमा हुने महोत्सवमा चर्चीच केन्द्रिय तथा स्थानीय स्तरका चर्चीच कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएको छ ।